Open Khabar
Before Header

राप्रपाका अध्यक्ष कमल थापालाई बिहीबार कोरोना भाइरस संक्रमण पुष्टि

सोहन राई
असोज २९, २०७७
Before Header
 
काठमाडौं – राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष कमल थापालाई कोरोना भाइरस संक्रमण पुष्टि भएको छ। अध्यक्ष थापाले सामाजिक सञ्जाल ट्विटरमार्फत आफूलाई कोरोना संक्रमण पुष्टि भएको जानकारी दिएका हुन्।

 

कोरोना महामारीबाट बच्न सवाधानी र सतर्कता राखेकै अवस्थामा बुधबार सामान्य टाउको दुखेका कारण उनले कोरोना कोभिड १९ परीक्षण गराएका थिए। बिहीबार उनले परीक्षणमा रिपोर्ट पोजेटिभ आएको ट्वीटरमार्फत् जानकारी दिएका छन्।

 

केही दिनयता अध्यक्ष थापासँग सम्पर्कमा आएका सबैलाई सुरक्षित र सतर्क रहन उनले अनुरोध पनि गरेका छन्। थापाले आफ्नो स्वास्थ्य अवस्था सामान्य रहेको पनि जानकारी दिए।अहिले अध्यक्ष थापा होम आइसोलेसनमै बसेका छन्।
Before Samachar
थप समाचार

कमेन्ट गर्नुहोस

Your email address will not be published.