Open Khabar
inside Article Bleow Menu Single Page

खानपान दैनिक कति प्रोटिन खाने ?

INside Content

मानिसले दैनिक खाने खानेकुरा प्रोटिनको मात्रा समावेश भएको हुन्छ । अन्य तत्वहरु जस्तै प्रोटिन पनि मानव जीवनका लागि अत्यावश्यक तत्व मानिन्छ । प्रोटिन शरीर विकासको लागि आवस्यक तत्व हो, यसले शरीरलाई बलियो बनाउने तथा चोट लाग्दा निको बनाउन मद्धत गर्छ ।

शरीरको मुख्य पाचन प्रक्रिया हुने आन्द्राले प्रोटिनयुक्त खानेकुरा जस्तै दुध र दुधबाट बनेको अन्य वस्तु, माछा, मासु, अन्डा र गेडागुडीलाई एमिनो एसिडमा टुक्रा बनाउछ र सानो आन्द्राले त्यसलाई शोषण गर्ने काम गर्छ साथै कलेजोले शरीरलाई कुन एमिनो एसिड उपयुक्त हुन्छ त्यसको चयन गर्छ र बढी भएको सबै पिसाबको रुपमा बाहिर निष्काशन हुन्छ ।

Before Header

शारीरिक रुपमा सक्रिय नभएका युवाहरुलाई ०.७५ प्रतिशत प्रति किलो तौल अनुसार र सामान्य पुरुषलाई ५५ ग्राम प्रोटिन र महिलालाई ४५ ग्राम प्रोटिन खानु आवस्यक रहेको चिकित्सक बताउँछन्।

शरीरमा प्रोटिनको कमिले शरीरमा कपाल झर्ने, चाला कडा तथा रुखो हुने, तौल घट्ने साथै माम्सपेशीको मात्रा कम हुँदै जान्छ।

प्रोटिनको मात्रा धेरै हुँदा असर कम हुने गर्दछ तर असन्तुलित भोजन गर्ने व्यक्तिलाई यसले स्वास्थ्यमा गम्भीर समस्या उत्पन्न गर्दछ।

प्रायजसो मानिस शरीर विकासको लागी प्रोटिन खाने गर्छन् जसलाई उचित व्यायामले सन्तुलनमा राख्न सजिलो हुन्छ।

मांसपेशीहरु बलियो बनाउन र राम्रो विकास गर्नको लागि छुट्टै प्रकारको एमिनो एसिडको आवस्यकता पर्छ जसलाई ल्युसिन भनिन्छ। यसले शरीरको ठुला मांसपेशीहरुलाई प्रोटिनको प्रयोग गर्न मद्धत गर्दछ।

विशेषज्ञहरु व्यायाम पछि प्रोटिन खाँदा मांसपेशीहरुले प्रोटिन उपयोग गर्ने भन्दा पनि त्यसलाई टुक्राउने र कुनै उपलब्धि नहुने बताउछन् तर सप्लिमेन्ट बनाउने उद्योग भने व्यायाम पछि प्रोटिन सेक पिउँदा यसले मांसपेशीहरुको मर्मत गर्ने तथा विकासमा सहयोग गर्ने बताउँछन् । विशेषगरी ल्युसिन युक्त व्हे(प्रोटिनका उत्पादक यसको दावा गर्दै आएका छन् ।

सन् २०१४ मा गरिएको एक अनुसन्धानमा प्रोटिन सप्लिमेन्टले सुरुवातको चरणमा व्यायाम गर्ने मानिसको मांसपेशी विकासमा कुनै फाइदा नहुने बताएको छ । समय संगै तालिम र व्यायामको मात्रा बढाउदै लैजाँदा सप्लिमेन्टले मांसपेशीको विकास गर्नेछ ।

प्रोटिनले तौल कसरी कम हुन्छ ?

प्रोटिनको सहि मात्रामा उपयोग गर्दा तौल कम हुन्छ । प्रोटिनको मात्रा धेरै भएको खाना जस्तै पालेयो र एटकिन्स डाइटले खानाको खुराक पुरा हुने र शरीरको तौल कम हुने गर्दछ । मानिसहरु दुब्लो र स्वस्थ्य रहन कोसिस गर्दछन् तर छिट्टै भोक लाग्ने हुनाले तौल घटाउन असफल रहेका छन् । बिहान उच्च मात्रामा प्रोटिनयुक्त नास्ताले दिनभर भोक कम हुन्छ । शरीरलाई आवश्यक पर्ने भन्दा धेरै प्रोटिन खाँदा सबै अनावश्यक बाहिर जान्छ ।

मासु बाहेक प्रोटिनको मात्रा धेरै भएको माईकोप्रोटीन हो, यो एक प्रकारको च्याउबाट लिएको हुन्छ।

Before Samachar
थप समाचार

कमेन्ट गर्नुहोस

Your email address will not be published.