Open Khabar
inside Article Bleow Menu Single Page

बेसार मिसाएको दूध खानुका फाइदाहरु

INside Content

काठमाडौँ । दूधमा बेसार मिसाएर खानाले विभिन्न फाइदा हुन्छन् । बेसारयुक्त दुध पिउनाले निन्द्रा राम्रो लाग्नुको साथै रोग प्रतिरक्षात्मक शक्ति पनि बढाउँछ र स्वास्थ्यलाई फाइदा हुन्छ । यसमा सहि मात्रामा बेसारको प्रयोग हुनुपर्दछ । सही तरिकाबाट उपयोग गर्न सकेको खण्डमा बेसारयुक्त दूधले धेरै फाइदा हुन्छ ।

बेसार मिसाएको दूध खानुका फाइदाहरु

Before Header

बेसारमा भरपुर मात्रामा एन्टिअक्सिडेन्ट हुन्छ, यो करक्यूमिन एन्टीअक्सिडेन्ट गुणले भरिएको हुन्छ । एन्टिअक्सिडेन्टले शरीरलाई हानि हुनबाट बचाउँछ । बेसारमा भएको गुणले काम गर्नको लागि, बेसरको सहि अनुपात र पिउने समयमा ध्यान दिनुपर्छ । बेसारको सेवन अत्याधिक तथा कम भयो भने त्यसले शरीरमा हानी गर्छ।

बेसार धेरै सेवन गर्दा पेट पोल्ने, भारीपन अनुभव हुने र शारिरमा हुने आइरनको स्तरलाई पनि बिगार्ने काम गर्दछ, त्यसैले बेसारलाई पूर्ण प्राकृतिक रुपमा सेवन गर्नुपर्छ ।

बेसारयुक्त दुधले शारीरिक चोटपटकलाई छिट्टै निको हुन सहयोग गर्छ । निन्द्रा राम्रो संग नलाग्ने तथा सुत्न समस्या हुने व्यक्तिलाई राति सुत्ने समयमा एक कप बेसारयुक्त दुध पिउनाले निन्द्रा लाग्नमा सहयोग गर्छ ।

बेसारले शरीरको प्रतिरक्षा बढाउने काम गर्छ जसले गर्दा रुघा, खोकी वा फ्लु जस्तो मौसम परिवर्तनको कारणले हुने बिरामीबाट बचाउन सहयोग गर्छ । राती सुत्नु भन्दा पहिले बेसर दुध पिउँदा शारिरको हर्मोनल सन्तुलनमा सुधार हुन्छ जसले गर्दा अनुहारको छालाको समस्या कम हुन्छ ।

शरीरको तौल घटाउन, छालाको समस्या हटाउन साथै मधुमेहको बिरामीको लागि पनि बेसारको चियाले फाइदा गर्छ ।

Before Samachar
थप समाचार

कमेन्ट गर्नुहोस

Your email address will not be published.