Open Khabar
Before Header

थप ५२५ जनामा कोरोना संक्रमण, काठमाडाैंमा मात्रै १२७ जना संक्रमित

काठमाडाैं– नेपालमा थप ५ सय २५ जना नयाँ कोरोना भाइरस (कोभिड–१९)का संक्रमित भेटिएका छन्र। बिहिबार स्वास्थ्य तथा जनसङख्या मन्त्रालयको नियमित प्रेस ब्रिफिङका क्रममा प्रवक्ता डा.जागेश्वर गौतमले योसँगै कुल संक्रमितको संख्या २४ हजार ९५७   पुगेको जानकारी दिए। डा. जागेश्वर गौतमकाे अनुसार ९ हजार ५ सय ५९ जनाको कोरोना परीक्षण गर्दा ६३८ जनामा संक्रमण भेटिएको हाे।

आज मात्रै काठमाडाैं उपत्यकामा  १ सय २७ जना संक्रमित भेटिएका छन्। काठमाडौं जिल्लामा  १११, ललितपुरमा ११ र भक्तपुरमा ५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।

Before Header

त्यस्तै पछिलाे २४ घण्टामा १ सय  ९   जना निकाे भएका छन्र।  याेसँगै हालसम्म कोरोनामुक्त भएर डिस्चार्ज हुनेको संख्या भने  १६ हजार ८३७  पुगेको छ ।

Bleow Covid

मन्त्रालयकाे अनुसार कोरोनाका कारण ज्यान गुमाउनेको संख्या ९५ पुगेको छ। आज मात्रै चार जनाकाे काेराेनाकाे कारण मृत्यु भएकाे छ। मृत्यु हुनेमा महाेतरीका ४५ वर्षिय पुरूष, धनुषाका ८५ वर्षिया बृद्ध, अच्छामका १८ वर्षिय पुरूष र माेरङका ५७ वर्षिय पुरूष रहेका छन्।

Before Samachar
थप समाचार

कमेन्ट गर्नुहोस

Your email address will not be published.