Open Khabar
Before Header

थप ६३८ जनामा कोरोना संक्रमण, काठमाडाैंमा मात्रै १३४ जना संक्रमित

थप चार जनाकाे मृत्यु

काठमाडाैं– नेपालमा थप ६ सय ६८ जना नयाँ कोरोना भाइरस (कोभिड–१९)का संक्रमित भेटिएका छन्र। मंगलबार स्वास्थ्य तथा जनसङख्या मन्त्रालयको नियमित प्रेस ब्रिफिङका क्रममा प्रवक्ता डा.जागेश्वर गौतमले योसँगै कुल संक्रमितको संख्या २३ हजार ९ सय ४८  पुगेको जानकारी दिए। डा. जागेश्वर गौतमकाे अनुसार १० हजार ५ सय ६२  जनाको कोरोना परीक्षण गर्दा ६३८ जनामा संक्रमण भेटिएको हाे।

आज मात्रै काठमाडाैं उपत्यकामा  १ सय ३४  जना संक्रमित भेटिएका छन्। काठमाडौं जिल्लामा ११० जना , भक्तपुरमा ८ र ललितपुरमा १६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।

Before Header

त्यस्तै पछिलाे २४ घण्टामा १ सय ७१  जना निकाे भएका छन्र।  याेसँगै हालसम्म कोरोनामुक्त भएर डिस्चार्ज हुनेको संख्या भने  १६ हजार ६६४ पुगेको छ ।

Bleow Covid

मन्त्रालयकाे अनुसार कोरोनाका कारण ज्यान गुमाउनेको संख्या ८३ पुगेको छ। आज मात्रै चार जनाकाे काेराेनाकाे कारण मृत्यु भएकाे छ। मृत्यु हुनेमा काभ्रे पाँचखालकी ५० वर्षीया महिला, सिन्धुपाल्चोक बाह्रबिसेका एक महाराजगन्जमा एक पुरुष, जनकपुरधाममा उपचाररत ६० वर्षे पुरुष र बाँकेको नेपालगन्ज मेडिकल कलेज शिक्षण अस्पताल कोहलपुरमा निमोनिया भएर भर्ना भएकी ७० वर्षीया महिला रहेकी छिन्।

Before Samachar
थप समाचार

कमेन्ट गर्नुहोस

Your email address will not be published.