Open Khabar
Before Header

थप ३७८जनामा कोरोना संक्रमण, काठमाडाैंमा मात्रै ६२ जना संक्रमित

थप तीन जनाकाे मृत्यु

काठमाडाैं– नेपालमा थप ३ सय ७८ जना नयाँ कोरोना भाइरस (कोभिड–१९)का संक्रमित भेटिएका छन्र। शुक्रबार स्वास्थ्य तथा जनसङख्या मन्त्रालयको नियमित प्रेस ब्रिफिङका क्रममा प्रवक्ता डा.जागेश्वर गौतमले योसँगै कुल संक्रमितको संख्या २२ हजार ५९२  पुगेको जानकारी दिए। डा. जागेश्वर गौतमकाे अनुसार ७ हजार ७८८ जनाको कोरोना परीक्षण गर्दा ३७८ जनामा संक्रमण भेटिएको हाे।

आज मात्रै काठमाडाैं उपत्यकामा  ६२  जना संक्रमित भेटिएका छन्। काठमाडौं जिल्लामा ५६ जना , ललितपुर र भक्तपुरमा ३/३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।

Before Header

त्यस्तै पछिलाे २४ घण्टामा ४ सय  ९९  जना निकाे भएका छन्र।  याेसँगै हालसम्म कोरोनामुक्त भएर डिस्चार्ज हुनेको संख्या भने  १६ हजार ३१३ पुगेको छ ।

Bleow Covid

मन्त्रालयकाे अनुसार कोरोनाका कारण ज्यान गुमाउनेको संख्या ७३ पुगेको छ। आज मात्रै तीन जनाकाे काेराेनाकाे कारण मृत्यु भएकाे छ। मृत्यु हुनेमा पर्साका ७४ वर्षीय पुरुष, माेरङ विराटनगरका ५४ वर्षिय पुरुष र ४१ वर्षिया टाेखाकी एक महिला रहेकी छिन्।

Before Samachar
थप समाचार

कमेन्ट गर्नुहोस

Your email address will not be published.