Open Khabar
inside Article Bleow Menu Single Page

अमेरिकी खोपको पहिलो मात्रा आजदेखि, प्रधानमन्त्रीले खोप केन्द्रको अनुगमन गर्ने

 

 

काठमाडौं, अमेरिकाले अनुदानमा उपलब्ध गराएको जोन्सन एण्ड जोन्सन खोप अभियान आजदेखि सुरु हुने भएको छ । यो खोप एक पटक लगाए मात्रै लगाए पुग्ने छ ।

Before Header

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका सहप्रवक्ता डासमिरकुमार अधिकारीले असान ४ देखि ६ गतेसम्म जोन्सन एण्ड जोन्सनको खोप लगाइने जनाएका छन्।

५० देखि ५४ वर्ष उमेर समूहका नागरिकलाई र पहिलो खोप लगाउन बाँकी सबै तथा पूर्ण र अति अशक्त, अपाङ्गता भएका नागरिक र नेपालमा रहेका शरणार्थीलाई यो खोप दिइँदै छ ।

अहिले बिहान १० बजेदेखि देशका विभिन्न स्थानहरुमा खोप अभियान शुरु हुन लागेको हो ।खोप अभियानका क्रममा प्रधामन्त्री शेरबहादुर देउवाले उपत्यका भित्रका खोप केन्द्रहरुको स्थलगत निरीक्षण तथा अनुगमन गर्ने कार्यक्रमसमेत रहेको छ ।

प्रधानमन्त्री देउवाले नेपाल अर्थोपेडिक अस्पताल, जोरपाटी, त्रिभुवन विश्वविद्ययालय, शिक्षण अस्पताल, महाराजगञ्ज, वीर अस्पताल, महावौद्ध तथा पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठानल लगायतका केन्द्रको स्थलगत निरीक्षण गर्नेछन् ।

Before Samachar
थप समाचार

कमेन्ट गर्नुहोस

Your email address will not be published.