Open Khabar
Before Header

किन सिल गरियो बौडेश्वर झरना

काठमाडौ जिल्लाको उत्तरी भेगमा अवस्थित टोखा नगरपालिका १, झोरमा रहेको श्री कृष्ण बरुणेस्वोर मन्दिरमा रहेको झरना टोखा न पा वडा न १ को कार्यलयले मिति शनिबार देखि अर्को सूचना जारी नभएसम्मका लागि सिल गरेको छ । अत्यन्त मनमोहक स्थलमा रहेको उक्त झरना हेर्न, फोटो खिच्न र झरनामा नुवाउन दैनिक सयौंको संख्यामा पर्यटकहरुको घुइँचो लाग्ने गरेको छ । हाल कोभिड- १९ का कारण काठमाडौ उपत्यकामा कोरोना संक्रमितको संख्या दिनदिनै बढ्दै गइरहेको यस अवस्थामा संक्रमण बढ्न नदिन झर्नामा अत्यन्तै भीड हुने भएका कारण बन्द गर्नु परेको वडा न १ का वडाध्यक्ष श्रीकृष्ण अधिकारिले बताए । उक्त झरनाका साथ उक्त स्थलमा करिब १० मि. को गुफा पनि रहेको छ । प्राकृतिक तथा धार्मिक हिसाबले अत्यन्तै महत्वपूर्ण भएकाले पनि यहाँ दैनिक सयौं पर्यटकहरु आउने गर्दछन् । यसरी दैनिक मानिसको भीड जम्मा हुँदा कोरोना संक्रमण बढ्न सक्ने भन्दै झरना सिल गरिएको वडा न. १ का सहायक सचिव नवराज दुलालले बताए ।
साभार:- हरिकृष्ण धिताल 
Before Samachar
थप समाचार

कमेन्ट गर्नुहोस

Your email address will not be published.