Open Khabar
Before Header

कोरोना भाइरस र लकडाउनको जीवन [शान्ता पौडेल]

 

हाल विश्वमा तहल्का मच्चाएको कोरोना भाईरस कोभिड 19  रोगले गर्दा अहिले विश्व पुरै ठप्प देखिन्छ
सुन्दर सपनाहरूलाई क्षणभरमै तहसनहस पार्ने हरामी बनी राज गरिरहेको छ  ।

Before Header

यसो पहिलेको सहज दिनहरू सम्झन्छु सबै आफ्नो काम र कर्तव्य जिम्मेवारमा अडिक थिए आफ्नो सुन्दर सपना पूरा गर्छु भनी विद्यार्थीहरु अध्ययनमा लगाब दिएर पढिरहेको यादले सताउने गर्छ जीवन धान्नका लागि सबै सानोतिनो व्यापार व्यवसाय नोकरी मा ब्यस्त थिए काम नगरी बिहान बेलुकाको छाक टार्न हम्मे हम्मे नै थियो सबैले आफ्ना महत्वपूर्ण कदम चालिरहेका आफ्नै संसार मा रमाएका थिए तर अहिले सबै तहसनहस भएका छन आफ्नो सपनाको त कुरै छाडौं आफ्नो ज्यान पो कसरी जोगाउने भन्ने डर भोक र सोकभन्दा नि रोगले सारालाई रूवायो
बाहिर देशमा भटाभट मान्छे मरिरहेका काहालीलाग्दा दृश्यहरु इन्टरनेट र टेलिभिजनले बारम्बार देखाइरहेको छ यो बाट एकातिर डर त अर्को तिर सबधानी बनाएको छ विश्वमा राज गरी हिडेको कोरोना हाम्रो नेपाल लाई पनी यसले चोखो राखेन करोडौ करोड मानिसहरू संक्रमित छन् त लाखौको संख्याले यो संसार छाडिसकेका छन् ।

म यसो मौन भएर सोच्छु कस्तो विपत्ति संग सामना गर्नु पर्यो आफ्नो मान्छे आफैबाट टाढा भाग्ने अरू विरामी हुँदा पनि कोरोना पो होकि झैं लाग्ने यसको औषधी उपचार भनेकै स्वयं आफु नै हो सामाजिक दुरी कायम गर्न र पटकपटक साबन‌ पानीले हात धुने
केही बर्ष अगाडि को भुकम्प ,बाढि पहिलो, नाकाबन्दीका घटनाहरू भन्दा एकदमै फरक खालको रोग पो रहेछ यस्तो घटनाले त सम्बन्ध हरूलाई अझै बलियो बनाएको थियो एकैठाउँमा जम्मा भएर दुख सुखका कुरा गर्न त रोकतोक गरेको थिएन ।

आज एउटा कोठामा कैदी सम्मान बसेको पनि छ महिना पुरा हुन लाग्यो यसो झ्यालबाट बाहिर हेर्छु सडक सुनसान छन बाटो नै भत्किने गरी गुड्ने साधन आज ठप्प भएका छन कानै खाने हवाई जहाजको चर्को आवाज बन्द भएका छन यसो कहिले काँही केही विसन्चो पनि कोरोना पो होकि झैं लाग्ने बनायो अस्पताल जान उतिकै डर छ यसो विरामी परे पनि अस्पताल लाने मान्छे छैनन् मरेको लाश बोक्ने मलामी भेटिन्न लाशलाई अंगालेर श्रद्धाञ्जली अर्पण गर्ने समय पनि त रहेन समाजलाई जिउँदाको जन्ती र मर्दाको मलामी भनेर नामाकरण गरिएता पनि अपवाद बन्दो रहेछ आपतको घडीमा समय पनि आज सबैका कामहरु ठप्प भएका छन मानिसहरूमा एककिसिमको नैराश्यता पैदा भएको छ यसबाट त विशेष गरी निम्नवर्गीय मजदुर हरूमा त यसले ठुलो असर गर्यो ।

अहिले अधिकांश मानिसहरूको काम खाने बस्ने र सामाजिक संजालमा गफिने भएको छ अझै के के गर्न हो कहिले सम्म हो कोरोना र लकडाउको असर भन्ने कुरामा एकिन छैन सबै भन्छन् यसको त औषधि छैन बाहिरका ठुला ठुला देशले त कन्ट्रोल गर्न सकेन हाम्रो नेपालमा त यसको जोखिम झन कस्तो होला बैङ्कको उच्च ब्याजले उतिकै सताएको छ ऋण गरी विदेशीएका नेपाली दाजुभाई दिदी बहिनी हरु सम्झन्छु उनीहरूको उतिकै बिजोक छ काम गर्न कम्पनी बन्द भएका छन बरु हामी नेपाली भुमीमा मर्न पाउ भन्ने आवान गरिरहेका छन ।

म मनमनै सोच्छु सपना पूरा गर्न जोस ,जाँगर,मिहिनेत, र शिक्षाले मात्र नहुने रैछ समयको पनि भरपुर साथ चाहिने रैछ यस्तै यस्तै अनगिन्ती कुराहरू सोच्दै कलमका मसिहरू अगाडि बढिरहेका थिए कतै केही आवाज आयो आमाले खानाको लागि अनुरोध गर्नु भयो म खाना खान तिर लागे आमा यो कोरोना र लकडाउन बन्दाबन्दि कहिले सम्म होला है मेरो प्रश्न आमाले मुस्कुराउँदै भन्नु हुन्छ अब छिट्टै शान्त हुदै छ रे औषधि पत्ता लाग्यो रे केही हुदैन आतिनु पर्दैन भन्नुभयो आमाको कुराले मनमा आनन्दको अनुभूति भयो अनि म त निदाउन पुगेछु ।

शान्ता पौडेल
सिन्धुपाल्चोक जिल्ला
हाल नागार्जुन एक रानीवन काठमाडौं

Before Samachar
थप समाचार

कमेन्ट गर्नुहोस

Your email address will not be published.