Open Khabar
inside Article Bleow Menu Single Page

इक्वेडरका पूर्वराष्ट्रपति गुस्ताभोको निधन

FILE - In this Nov. 14, 2002 file photo, former Ecuadorean President Gustavo Noboa speaks during a news conference in Havana, Cuba. Noboa has died on Tuesday, Feb. 16, 2021, at a hospital in the United States. (AP Photo/Cristobal Herrera)

एजेन्सी, इक्वेडरका पूर्वराष्ट्रपति गुस्ताभो नोबोयको ८३ वर्षको उमेरमा निधन भएको छ ।

अकस्मात हृदयघातका कारण उनको निधन भएको अधिकारीहरुले जानकारी दिएका छन् ।

Before Header

उनलाई यही फ्रेबु्रअरी ९ मा हृदयघात भएको हो । हृदयघात भएपछि थप उपचारका लागि अमेरिका लगिएकोमा उनको उपचारकै क्रममा मंगलबार निधन भएको अस्पतालले जनाएको छ ।

ज्याक्सन मेमोरियल अस्पताल फ्रोरिडामा उहाँको उपचार गराइएको थियो । उनको उपचार सफल नभएपछि आफन्त तथा सुवेच्छुकहरुले दुःख व्यक्त गरेका छन् ।

इक्वेडरका राष्ट्रपति लेनिन मोरेनोले सामाजिक सञ्जाल ट्वीटरमार्फत उनीप्रति श्रद्धाञ्जलि व्यक्त गरेका छन् । पूर्वराष्ट्रपति नोबोयको निधनमा शोक र सम्मान व्यक्त गर्दै राष्ट्रिय शोकसमेत घोषणा गर्न लागेको जानकारी उनले दिएका छन् ।

उनले नोबोयलाई आफ्नो अति आदरणीय, अविस्मरणीय र असल व्यक्तिका रुपमा स्मरण पनि गरेका छन् । नोबोयको निधनले आफूले अति असल मित्र र देशले असल अविभावक गुमाउनु परेको राष्ट्रपति मोरेनोले उल्लेख गरेका छन् । तस्वीर : एपी

Before Samachar
थप समाचार

कमेन्ट गर्नुहोस

Your email address will not be published.