Open Khabar
inside Article Bleow Menu Single Page

बलात्कृत भएको १२ वर्षिया बालिकाले मृत शिशुलाई जन्मदिएपछि…

एजेन्सी, २७ पुस । भारतको उत्तराखण्ड राज्यमा बलत्कृत भएको १२ वर्षिया बलिकाले शिशुलाई जन्म दिएकी छिन् । जन्म दिएको केही बेर पश्चात शिशुको निधन भएको थियो । बालिकालाई पेटको दुखाई भएको क्रममा उनलाई जिल्ला अस्पताल लगिएको थियो ।

जाँच गर्ने क्रममा उनी ७ महिनाको गर्भवती भएको चिकित्सकले ठहर गरेकोे थियो । जाँचको केही बेर मै शिशुलाई उनले जन्म दिइन् । शिशुको भने केही बेर मै मृत्यु भएको थियो । उनी बलत्कृत भएको विषयलाई केही महिना अगाडी बालिकाको छिमेकीले जानकारी गराएका थिए । उक्त घटना उत्तराखण्डको ठाकुर नगरमा भएको थियो । उनको परिवारले केही दिन अगाडी आफ्नो छोरी बलत्कृत भएको प्रहरीमा जानकारी गराएका थिए ।

Before Header

प्रहरीले भने दोषी २२ वर्ष दिवान मण्डललाई ठाकुर नगरवाटै हिरासतमा लिएको छ । दोषी मण्डलको डिएनए टेस्ट पश्चात उनलाई सजाय हुने प्रहरीले जनाएको छ । प्रहरीको स्टेटमेन्ट अनुसार, ‘बलत्कृत बालिकाले मण्डललाई पहिचान गरिसकेको छ । बालिकालाई मण्डलले चकलेट देखाएर आफ्नो झाँसामा पारी बलात्कार गरेको र उक्त विषयलाई उजागर गरे मार्ने समेत धम्की दिएको छ ।’ उक्त डरको कारण बालिकाले आफ्नो परिवारलाई भन्ने हिम्मत गरिनन् र साथै उनको पेटमा बच्च बसेको समेत जिकीर नगरेको जनाइएको छ ।

आमाले आफ्नो छोरीको शारीरक बनावट फरक हुँदै गएको कारण आमालाई शंका भएको थियो । मण्डललाई धारा ३७६ को अनुुुसार कारवाही हुने उक्त क्षेत्रको सर्कल अफिसर अमित कुमारले जनाएका छन् ।-Photo: Agency

Before Samachar
थप समाचार

कमेन्ट गर्नुहोस

Your email address will not be published.