Open Khabar
Before Header

पोल्याण्डका राष्ट्रपति एन्डरजेज डुडालाई कोरोना भाइरसको संक्रमण पुष्टि

सोहन राई
कार्तिक ८, २०७७
Before Header
 
काठमाडौं – पोल्यान्डका राष्ट्रपति एन्डरजेज डुडालाई कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ। शनिबार राष्ट्रपति डुडालाई कोरोना संक्रमण देखिएको उनका प्रवक्ता तथा मन्त्री ब्लाजेज पिचाल्सकीले जानकारी दिएका हुन्।
 
शुक्रवार साँझ राष्ट्रपति डुडाको कोरोना रिपोर्ट पोजेटिभ आएपछि मन्त्री पिचाल्सकीले शनिबार सामाजिक सञ्जाल ट्विटरमार्फत जानकारी दिए। मन्त्री पिचाल्सकीले ट्विटमा लेखेका छन्, ‘राष्ट्रपतिलाई कोभिड–१९ संक्रमण पुष्टि भएको छ तर उनको स्वास्थ्य अवस्था सामान्य नै रहेको छ। राष्ट्रपतिको सम्भावित सेवाका लागि चिकित्सकसहितको टोली तयारी अवस्थामा रहेको छ।’
 
डुडालाई सङ्क्रमण भएपछि कार्यालयका निकट सम्पर्कमा आएका सबै कर्मचारी क्वारेन्टाइनमा बसेका छन्। उनले संक्रमण पुष्टि हुँदासम्म नियमित कार्यालयमा गई राष्ट्रपतीय जिम्मेवारी सम्हालिरहेका थिए। राष्ट्रपति डुडाले क्वारेन्टाइनमा बस्नुपूर्व राष्ट्रिय रङ्गशालामा उपस्थित भई त्यहाँ निर्माण भइरहेको कोभिड–१९को अस्थायी अस्पतालको निरीक्षण गरिररहेका थिए।
 
विश्वव्यापी रूपमा फैलिएको कोरोना महामारीले पोल्यान्डमा पनि तीव्र रुपमा संक्रमण फैलिरहेकै बेला राष्ट्रपति डुडामा पनि संक्रमण देखिएको हो। पोल्यान्डमा शुक्रबार मात्रै १३ हजार ६ सय जनामा कोरोना संक्रमण पुष्टि भएको थियो। त्यस्तै, शुक्रबार मात्रै १५३ जनाको कोरोनाबाट पोल्यान्डमा मृत्यु भएको छ। हाल अहिलेसम्म पोल्यान्डमा कोरोनाबाट मृत्यु हुनेको संख्या ४ हजार १ सय ७२ पुगेको छ।
Before Samachar
थप समाचार

कमेन्ट गर्नुहोस

Your email address will not be published.