Open Khabar
Before Header

थाइल्याण्डमा बस र रेल ठोक्किँदा १८ जनाको मृत्यु, दर्जनौँ घाइते

सोहन राई
असोज २५, २०७७

 

Before Header

काठमाडौं – थाइल्याण्डमा बस र रेल ठोक्किँदा १८ जनाको ज्यान गएको छ भने दर्जनौँ घाइते भएका छन्।
 
आइतबार थाइल्याण्डको राजधानी बैंककबाट ५० किलोमिटर पुर्वमा भएको उक्त दुर्घटनामा दर्जनौँ घाइते भएको स्थानीय अधिकारीलाई उद्धृत गर्दै अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन्।
 
बसमा ६५ जना यात्रुहरु थिए भने सबै बौद्ध धर्मावलम्बिहरु रहेको र व्रत समाप्तीका लागि उनीहरु गुम्बा तर्फ जाँदै गरेको बताइएको छ। रेलसँग ठोक्किएको बस निकै क्षतिग्रस्त भएको र घाइतेहरुको अवस्था निकै गम्भीर भएको बताइएको छ।
 
रेल र बसको दुर्घटना भारी वर्षामा भएको स्थानीय मिडियाले बताएका छन्। उद्धारकर्मीका अनुसार दुर्घटना हुँदा रेलसँग च्यापिएको बस निकाल्नका सहज नभएपछी क्रेनको प्रयोग गर्नु परेको थियो। त्यस्तै, दुर्घटना निकै भयानक भएकोले मृत्यु हुने संख्या अझै बढ्न सक्ने उनीहरुको भनाई छ।
Before Samachar
थप समाचार

कमेन्ट गर्नुहोस

Your email address will not be published.