Open Khabar
Before Header

अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्प पनि कोरोनाबाट अछुतो रहेनन, संक्रमण पुष्टि श्रीमतीसहित

सोहन राई
असोज १६, २०७७

काठमाडौं – अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पलाई कोरोना भाइरस संक्रमण पुष्टि भएको छ। राष्ट्रपति ट्रम्प र उनका श्रीमती मेलानियाको रिपोर्ट पोजेटिभ आएको ट्रम्पले शुक्रबार बिहान सामाजिक सञ्जाल ट्वीटर मार्फत जानकारी दिएका हुन्।

 

Before Header

 

बिहिबार राती ट्रम्पका निजी सल्लाहकार होप हिक्सलाई कोरोना संक्रमणको पुष्टि भएपछि ट्रम्प र मेलानिया होम क्वारेन्टाइनमा बसेका थिए। ट्रम्पका सल्लाहकार हिक्समा कोरोना पुष्टि भएपछि उनले श्रीमतीसहित बिहीबार नै बेलुकी कोरोना परीक्षण गराएका थिए। परीक्षणमा दुवैको रिपोर्ट पोजेटिभ आएपछि ट्रम्पले क्वारेन्टाइनमा बस्दै दुवै मिलेर छिट्टै संक्रमणबाट निको हुने विश्वास व्यक्त गरेका छन्।

ट्रम्पले शुक्रबार बिहान ट्वीटमा लेखे, ‘आज राति मेलानिया र मलाई कोभिड–१९ पोजेटिभ भएको छ। हामी क्वारेन्टाइन तथा उपचार प्रक्रियामा तुरुन्तै जान्छौँ। हामि सँगै मिलेर छिट्टै संक्रमणबाट निको हुनेछौं।’

 

यसअघि अमेरिकी राष्ट्रपति ट्रम्पका निजी सल्लाहकार हिक्सलाई कोरोना भाइरसको लक्षण देखीएपछि उनले कोरोना टेस्ट गराएकी थिइन्। कोरोना टेस्टको नतिजामा उनलाई कोरोना संक्रमणको पुष्टि भएको थियो। ट्रम्प र हिक्स चुनावी प्रचार प्रसारमा व्यस्त भएसँगै टेलिभिजन डिबेटकालागि एयर फोर्स वनबाट यात्रा गरेका थिए। उनिहरु एयर फोर्स वनमा नियमित रुपमा यात्रा गरेका थिए।

‘होप हिक्सले सानो छुट्टी पनि नलिइ निकै मिहिनेत गरेर काम गरिरहेकी थिइन्। हालै उनलाई कोरोनाको संक्रमण देखिएको छ। भयानक ! फर्स्ट लेडी र म आ–आफ्नो परीक्षणको नतिजा कुरिरहेका छौं। हामीअहिलेको अवस्थामा क्वारेन्टाइनमा प्रक्रिया सुरु गर्छौं !’ ट्रम्पले बिहिबार राती ट्वीटमा लेखेका छन्।

केहि दिन अघि मात्र अन्य वरिष्ठ सहयोगीको साथमा प्रेसिडेन्ट डिबेटका लागि ट्रम्प र हिक्ससँगै मंगलबार क्लिभल्याण्ड गएका थिए। यसअघि ट्रम्प र हिक्ससँगै थुप्रै पटक यात्रा सँगै गरेका थिए।

Before Samachar
थप समाचार

कमेन्ट गर्नुहोस

Your email address will not be published.