Open Khabar
inside Article Bleow Menu Single Page

विश्वकै दुर्लभ कालो हीरा, हुँदैछ लिलाम

विश्वकै दुर्लभ कालो हीरा
INside Content

 

सुन, चाँदी, हीरा र मोतीका गहना लगाउन सबैलाई रहर लाग्छ । यो एकदमै महँगो पनि हुन्छ । भर्खरै यस्तो रत्नको प्रदर्शन आयोजना गरिएको थियो जसलाई अहिलेसम्मकै महँगो रत्न मानिएको छ । विश्वको सबैभन्दा महँगो काटिएको कालो हीरा पहिलोपटक दुबईमा सार्वजनिक गरिएको छ ।

Before Header

यो हीरा विगत २० वर्षदेखि सार्वजनिकरूपमा कहिले प्रदर्शन वा बिक्री वितरण गरिएको छैन । यो हीरा लामो समयसम्म सुरक्षित राखिएको थियो । यही कारणले गिनिज बुक अफ वल्र्ड रेकर्डले यसलाई विश्वको सबैभन्दा ठूलो काटिएको हीराको दर्जा दिइएको छ । जुन हीरा अहिले चर्चाको विषय बनेको छ ।

यो काटिएको हीरा सबैभन्दा बढी ठोस सामग्रीमध्ये एक हो । यो ५५५.५५ क्यारेटको हीरा विगत २० वर्षदेखि कसैले दाबी गरेका छैनन् । सोथेबिचका गहना विशेषज्ञ सोफी स्टिेभेन्सनका अनुसार यो हीरा खम्सा (हत्केला) जस्तो आकारको छ ।

यो दुर्लभ हीरा दुबईमा प्रदर्शनपछि लस एन्जलस र लन्डनमा सर्वसाधारणलाई देखाइने छ । यो हीराको लिलामी फेब्रुअरी ३ बाट सुरू हुनेछ, जुन साता दिनसम्म चल्नेछ ।

लिलामीमा यो हीरा किन्नेहरूले क्रिप्टोकरेन्सीमा पनि तिर्न सक्छन् । सोथविको लिलामी कम्पनीले भने कि हामीले पहिलो क्रिप्टोकरेन्सीमा अन्य रत्नहरू लिलामी गरेका छौं । गत वर्ष हङकङमा ‘के १०१३८’ हीरा १२.३ मिलियन डलरमा बेचेको थियो । जुन क्रिप्टोकरेन्सीमा भुक्तानी गरिएको थियो ।

Before Samachar
थप समाचार

कमेन्ट गर्नुहोस

Your email address will not be published.