Open Khabar
Before Header

समाचार पोर्चुगलको पासपोर्ट संसारकै छैठौं शक्तिशाली , विश्वका १८६ देश बिना भिषा भ्रमण गर्न सकिने

तेजिन्द्र चालिसे (पोर्चुगल) । पोर्चुगलको पासपोर्ट विश्वकै छैठौं शक्तिशाली पासपोर्टमा सुचिकृत भएको छ। गत वर्ष पोर्चुगलको पासपोर्ट विश्वको पाँचौ शक्तिशालीमा रहेको थियो। तर यो बर्ष एक स्थान तल झरेको छ । यो सूचना हेन्ली पासपोर्ट इन्डेक्सले सार्वजनिक गरेको हो।

पोर्चुगलका नागरिकहरु विश्वका विभिन्न देशको भ्रमण गर्दा कम रोकटोक र सोधपुछ हुने गर्दछ। विश्वका सबैभन्दा शक्तिशाली पासपोर्टमा जापान पहिलो र सिंगापुर दोस्रो स्थानमा परेका छन्। जापान १९१ र सिंगापुरका पासपोर्टमा संसारका १९० मुलुकमा बिना कुनै रोकटोक आवतजावत गर्न सकिन्छ। विश्वका शक्तिशाली पासपोर्ट सुचिको तेश्रोमा कोरिया र जर्मनी रहेका छन्, यी देशका नागरिकले विश्वका १८९ मुलुकमा बिना भिसा यात्रा गर्न सक्दछन।

विश्वका शक्तिशाली पासपोर्ट सुचिको चौथोमा फिनल्यान्ड , इटाली ,लक्जम्बर्ग र स्पेन रहेका छन् , यी देशका नागरिकहरुले बिना भिषा १८८ देशको भ्रमण गर्न सक्दछन। त्यसैगरी शक्तिशाली पासपोर्ट तालिकाको पाँचौमा अस्ट्रिया र डेनमार्क रहेका छन् , यी देशका नागरिकहरुले बिना भिसा १८७देशको भ्रमण गर्न सक्दछन।

विश्वका शक्तिशाली पासपोर्ट सूचिको छैठौं स्थानमा पोर्चुगल, फ्रान्स ,आयरल्यान्ड नेदरल्याण्ड र स्विडेन रहेका छन् , यो देशका नागरिकहरुले विश्वका १८६ देश बिना रोकटोक भ्रमण गर्न सक्दछन। २०२० को शक्तिशाली पासपोर्ट सुचिमा पोर्चुगलको पासपोर्ट बेलायत , बेल्जियम ,अमेरिका, अस्ट्रेलियाको, भन्दा पनि शक्तिशाली रहेको छ।

थप समाचार

कमेन्ट गर्नुहोस

Your email address will not be published.