Open Khabar
Before Header

कोरोनाको असरले अनलाइन शिक्षा प्रभावकारी बन्दै, नेपाल राष्ट्रिय माध्यमिक विद्यालयमा अभिलेखीकरण

नेपाल राष्ट्रिय माध्यमिक विद्यालयका प्रधानाध्यापक निर्मला शाक्य

सोहन राई
असोज २०, २०७७
Before Header
 
काठमाडौं – विश्वव्यापी रुपमा फैलिएको महामारी कोरोना भाइरस ( कोभिड १९ ) ले विश्वभरिकै शैक्षिक गतिविधिमा प्रतिकूल प्रभाव पारेको छ। यस महामारीको कारण विद्यार्थीको पठन पाठनमा समेत अवरोध खडा गरेको छ।
 
नेपाल सरकारले कोभिड १९ को रोकथाम तथा नियन्त्रणका लागि गत चैत्र ११ गते देखि मुलुकभर बन्दाबन्दी (लकडाउन) घोषणा गरेपछि विद्यालय, क्याम्पस र विश्वविद्यालयहरू बन्द छ। यस महामारी कोभिड १९ को कारण सामुदायिक विद्यालयमा अध्यनरत निम्नवर्गीय विद्यार्थीमा आर्थिकसँगै मानसिक असर परेको नेपाल राष्ट्रिय माध्यमिक विद्यालयका प्रधानाध्यापक निर्मला शाक्यले ओपन खबरको अन्तर्वार्तामा बताएकी छिन्।

 

 

काठमाडौंको तारकेश्वर नगरपालिका ११ नेपालटारस्थित नेपाल राष्ट्रिय माध्यमिक विद्यालयमा अधिकाँश निम्नवर्गीय र मध्यमवर्गीय परिवारलाई मध्यनजर गरेर शिक्षा प्रदान गर्ने उदेश्यले विद्यालय संचालन भएको प्रधानाध्यापक शाक्यले बताइन्। उनले काठमाडौं जिल्लाको मात्र नभएर बाहिरि जिल्लाको पनि धेरै विद्यार्थीहरु अध्यन गर्ने गरेको बताइन्। बाहिरि जिल्लामध्ये नुवाकोटबाट बसाईं सरेर आएका निम्नवर्गीय परिवारका बालबालिका सबै भन्दा बढी भर्ना भएका छन् भने रसुवा, गोर्खा लगाएत जिल्लाको विद्यार्थी भर्ना भएको उनले बताइन्।
 
विश्वव्यापी रुपमा फैलिएको महामारी कोभिड १९ ले विश्वनै आक्रन्त बनाइरहेको बेला यस्तो संवेदनशील अवस्थामा अनलाइन शिक्षा नै प्रभावकारी भएको प्रधानाध्यापक शाक्यले बताइन्। नेपाल राष्ट्रिय माध्यमिक विद्यालय एक सामुदायिक विद्यालय भएको कारण सबै विद्यार्थीलाई अनलाइन शिक्षाको पहुच हुन नसक्ने भएपनि पठनपाठन सुचारु गर्नका लागि भने सम्भावनाका साथै अवसर भएको उनको भनाइ छ। नेपाल सरकारले अनलाइन, रेडियो, टेलिभिजनमार्फत शैक्षिक सामग्रीहरुको सुविधा दिदै आएकोले विद्यार्थीलाई उक्त शैक्षिक सामग्रीहरु लिन टेलिफोन तथा भेटघाटमार्फत अभिभावकलाई सुसूचित गरेको उनले बताइन्।

 

 

प्रधानाध्यापक शाक्यका अनुसार विद्यालयले घर घरमै अनलाइन शिक्षाबाट विद्यार्थीहरुलाई पठनपाठन गराइरहेको छ। त्यस्तै, आर्थिक अवस्था कमजोर भएकोले इन्टरनेटको पहुच नभएका विद्यार्थीलाई भने हप्तामा २-४ जना गर्दै पालै पालो बोलाएर सतर्कता अपनाउदै हप्ताभरी पुग्ने गरि गृहकार्य दिदै आइरहेको उनले बताइन्। नेपाल सरकारले विद्यालय खोल्ने अनुमति दिए लगत्तै शिक्षक साथै विद्यार्थीलाई हरेक विदा जस्तै सास्कृतिक लगायतका सबै विदा कटौती गरेर त्यस्ता विदाको उपयोग गर्दै एक वर्षभरि दिनुपर्ने पाठ्यक्रम सबै अधिकतम शिक्षा विद्यार्थीलाई प्रदान गर्ने उनले ओपन खबरमार्फत जानकारी दिइन्।
 
यतिबेला नेपाल राष्ट्रिय माध्यमिक विद्यालयले पुराना विद्यार्थीहरुलाई अभिलेखीकरण गर्नुका साथै नयाँ भर्ना हुन चाहने बाल-
बालिकाको पनि नाम दर्ता गर्न सुरु गरिएको प्रधानाध्यापक शाक्यले जानकारी दिएकी छिन्। त्यस्तै, उनले यस सामुदायिक विद्यालयमा वार्षिक ५०० तिरेर नाम दर्ता गराउनुका साथै असाहय विद्यार्थीलाई निशुल्क पनि नाम दर्ता गर्ने गरेको बताइन्। त्यस्ता असाहय निम्नवर्गीय परिवारका बालबालिकालाई विद्यालयले विगतदेखि नै निशुल्क पढाउने व्यवस्था गर्दै आएको उनले बताइन्। यस सामुदायिक विद्यालयमा पढाउने शिक्षकहरु निजी विद्यालयको भन्दा धेरै राम्रो भएकोले यहाँको विद्यार्थीहरुले गुणस्तरीय शिक्षा हाँसिल गर्दै आएको उनको भनाइ छ।

 

 

 
पछिल्लो समय यता सामुदायिक भन्दा निजी विद्यालयमा धेरै विद्यार्थीहरु भर्ना हुने क्रम बढ्दो छ। सामुदायिक विद्यालयमा गुणस्तरीय शिक्षाका साथै फाइदा र अवसर धेरै भएपनि अभिभावकहरुले नबुझेर निजी विद्यालयमा नै बालबालिकालाई भर्ना गरेको प्रधानाध्यापक शाक्यको भनाइ छ। उनका अनुसार नेपाली समाजमा अधिकाँश अभिभावकलाई सामुदायिक विद्यालयमा पढाउनुको फाइदा थाहा नहुनुको साथै अलिकति खाना लाउन पुग्ने बित्तिकै बोर्डिंग स्कुलमा पढाउने चलन छ। उनले ओपन खबरको अन्तर्वार्तामा एक उदाहरणको जिक्री गर्दै भनिन्, ‘ सरकारी स्कुलमा पढ्ने विद्यार्थी भनेको एउटा लोकल कुखुरा हो। जसले छानी छानी आफुलाई चाहिने कुराहरु छानेर खान पनि सक्छ, उनीहरु जुन वातवरणमा पनि एडजस्ट हुनसक्छ। जबकी निजीमा पढ्ने लेयेर्स जस्तै हो, उनीहरुलाई जे ख्वायो त्यहिं मात्र खान्छ। त्यो साँचो पनि हो। यसको मतलव फेरी मैले निजी विद्यालयलाई विरोध गर्न खोजेको होइन। तर, सकी नसकी त्यसरी निजि नै जानु पर्छ भन्ने माइन्ड सेट चाहिँ बनाउनु हुदैन। जबकी सामुदायिक विद्यालयमा पढाउदा खेरि भोलि स्कलरसिप, डाक्टर, इन्जिनियर बनाउनको लागि सामुदायिकमा पढेको विद्यार्थीहरुलाई धेरै अवसरहरु छ।’

 

 

Before Samachar
थप समाचार

कमेन्ट गर्नुहोस

Your email address will not be published.