Open Khabar
inside Article Bleow Menu Single Page

कोरोनाको कारण पर्यटन क्षेत्र १०० वर्ष पछाडी धकेलिदै, यस क्षेत्रलाई बचाउन सरकारलाई आग्रह

नेचुरल हेभन ट्राभल एंड टुर्स प्रा. लि का संचालक प्रदिप कार्की

सोहन राई
असोज १८, २०७७
Before Header
 
काठमाडौं – विश्वव्यापी रुपमा फैलिएको महामारी कोरोना भाइरस ( कोभिड १९ ) ले पर्यटन क्षेत्रमा प्रतिकूल प्रभाव पारेको छ। यस महामारी कोरोना भाइरसको कारण अन्य व्यवसाय क्षेत्रभन्दा बढी पर्यटन क्षेत्रमा ठुलो असर परेको छ।
 
नेपाल सरकारले कोभिड १९ रोकथाम तथा नियन्त्रण गर्न गत चैत ११ गतेदेखि बन्दाबन्दी (लकडाउन) गरेको र त्योभन्दा अगाडि नै अन्तर्राष्ट्रिय उडानमा प्रतिबन्ध लगाएपछि पर्यटन क्षेत्र ठप्प भएको छ। सरकारले सन् २०२० लाई नेपाल भ्रमण वर्ष मनाउने घोषणा गर्दै २० लाख पर्यटक भित्र्याउने लक्ष्य राखेको थियो। तर, वर्षको सुरुदेखि नै कोरोनाभाइरस सङ्क्रमणका कारण नेपालले क्षति बेहोर्नुपरेको हो। त्यस्तै, सरकारले गरेको घोषणालाई लक्षित गर्दै सरकारी तथा निजी क्षेत्रले गरेको लगानी यतिबेला जोखिममा परेको छ।
 
संसारभरि नै महामारीका कारण सबैभन्दा धेरै प्रभावित क्षेत्रमा पर्यटन उद्योग रहेको छ। जनवरी महिनामा झन्डै ८० हजार पर्यटकले नेपाल भ्रमण गरेका थिए। विश्वभर कोरोना भाइरसको संक्रमण र सन्त्रास फैलिएपछी अहिले पर्यटन ठप्प छ। त्यस्तै, होटल क्षेत्र, यातायात, वायुसेवा र रेष्टुराँजस्ता पर्यटनसँग जोडिएका हरेक क्षेत्रहरू शिथिल भएका छन्। पर्यटकलाई घुमाएर प्राप्त हुने सेवाशुल्कबाट गुजारा गर्ने पर्यटक गाइडहरू पनि अहिले वेरोजगार भएका छन्। महामारीको कारण विदेशी मात्र नभएर आन्तरिक पर्यटक पनि ठप्प भएपछी यस क्षेत्रसँग जोडिएका हरेक व्यवसायीहरु मारमा परेको नेचुरल हेभन ट्राभल एंड टुर्स प्रा. लि का संचालक प्रदिप कार्कीले ओपन खबर मार्फत बताएका छन्।

 

 
काठमाडौंको सोह्रखुट्टेस्थित विगत २ वर्षदेखि पर्यटक र पर्यटन क्षेत्रलाई सहयोग पुर्याउने उदेश्यका साथ नेचुरल हेभन ट्राभल एंड टुर्स प्रा. लि संचालनमा आइरहेको छ। यस ट्राभल एंड टुर्सले विशेषगरि टुर प्याकेजको व्यवस्था गर्नुका साथै विदेशी तथा आन्तरिक पर्यटकलाई नेपालका विभिन्न पर्यटकीय गन्तव्यमा भ्रमण गराउदै आएको ट्राभल एंड टुर्सका संचालक कार्कीले बताए। त्यस्तै, उनले रास्ट्रिय तथा अन्तरास्ट्रिय हवाई टिकेटिंगको पनि व्यवस्था गरिदै आएको बताएका छन्। संचालक कार्कीका अनुसार नेचुरल हेभन ट्राभल एंड टुर्स प्रा. लि को तिन वटा कम्पनि रहेको छ जसमा ट्राभल इजी होम सर्भिस, जव प्लेसमेन्ट र ट्रेनिङ सेन्टर रहेका छन्। यी तिनै कम्पनिको फरक फरक विशेषता रहेको छ। इजी होम सर्भिसले सम्पूर्ण टुटफुट सम्बन्धी सेवाहरु दिने छ भने जव प्लेसमेन्ट र ट्रेनिङ सेन्टरले विभिन्न खालका तालिम जस्तै होटल ट्रेनिङ, हेंडीक्राफ्ट, छावली आर्ट, गिफ्ट आइटम, गुडिया (डल) खेलौना, टीबीटियन माला लगायत विभिन्न तालिम प्रदान गर्ने सुविधा दिदै आएको छ। होम सर्भिस भने केही समय पछि सुरु गर्ने संचालक कार्कीले जानकारी दिएका छन्।

 

 
कोभिड १९ले पर्यटन क्षेत्रमा पारेको असर नेचुरल हेभन ट्राभल एंड टुर्सले पनि खेपीरहेको संचालक कार्कीले बताए। कोभिड १९का कारण यस पर्यटन क्षेत्र तथा यस क्षेत्रमा लागेका अधिकाँश व्यवसायीहरु ठुलो मारमा परेकोले राज्यले यस क्षेत्रलाई टिकाउन विकास गर्नको लागि सहयोग गर्नु पर्ने उनको भनाइ छ। सरकारले साना तिना व्यवसायीलाई नजरअन्दाज गर्दै ठुला व्यावसायीहरु लाई मात्र कर छुट गरेको भन्दै कार्कीले गुनासो पोखेका छन्। उनले चाहे ठुलो होस् या सानो व्यावसाय होस् राज्यले सबैलाई उत्तिकै प्राथमिकता दिएर यस क्षेत्रलाई बचाउनु पर्नेमा जोड दिए। भविष्यमा यस पर्यटन क्षेत्रबाट राज्यलाई धेरैआर्थिक सहयोग प्राप्त हुनुका साथै ठुलो टेवा पुग्ने भएकोले अहिले अप्ठ्यारोमा परेका हरेक पिडितलाई राज्यले सहयोग गर्नु पर्ने उनको भनाइ छ। बन्दाबन्दीको कारण व्यवसाय ठप्प भएपछी व्यवसायीहरुले कर र भाडा मात्र तिर्नु परेकोले अधिकाँश व्यवसायीहरु ऋणमा पर्ने जस्ता समस्यामा भोगिरहेको कार्कीको गुनासो छ। यस्ता समस्या झेलिरहेका व्यवसायीहरुलाई बचाउनको लागि सरकारले सक्दो आर्थिक सहयोग,सहुलियत ऋण, कर छुट, भाडा छुट, मिनाहा जस्ता व्यवस्ता मिलाइदिनु पर्ने उनको माग रहेको छ।

 

 
नेपालको पर्यटन व्यवसायलाई सुधार तथा विकास गर्नका लागि राज्यको महत्वपूर्ण भूमिका रहेकोमा राज्य यहाँ चुकेको उनको भनाइ छ। ‘राज्य भएको नाताले यस व्यवसायलाई सहयोग गरेर बचाउनु पर्छ। यदि गरेन भने त, हामि जस्तो सानो तिनो लगानी गरेर देशको लागि केहि गर्नु पर्छ भन्ने मान्छे त, भोलि हात धोएर हामि पनि अन्य काम गर्न जानु पर्ने अवस्था हुन्छ।’ उनले भने, ‘आज यहि व्यवसायमा हजारौ दाजुभाईहरु इंगेज हुनुहुन्छ। भोलि यी सबै व्यसायहरु सुके, मरे भने त, ति दाजुभाईहरुको पनि चुलोमा आगो बल्दैन त्यसैले राज्यले यो क्षेत्र लाई एकदमै पहिलो प्राथामिकतामा राखेर व्यवसायीहरुलाई बचाउनको लागि कर छुट गरेर हुन्छ, मिनाहा गरेर हुन्छ, सहुलियत ऋण दिएर हुन्छ, के गरेर हुन्छ यो व्यवसायलाई बचाउनु पर्छ।’ उनले पर्यटन क्षेत्रमा गर्नु पर्ने योगदान साथै भूमिकामा राज्य नचुकी एक पछि अर्को गर्दै समस्याहरु पन्छ्याउदै हरेक समस्यामा परेका व्यवसायीलाई सहयोग गर्न पर्यटनमन्त्रिलाई आग्रह गर्दै यस क्षेत्रलाई टिकाउन र बचाईराख्न ओपन खबरमार्फत अनुरोध गरेका छन्।

 

 

नेचुरल हेभन ट्राभल एंड टुर्स प्रा. लि का संचालक प्रदिप कार्कीसँग मोहन कृष्ण अधिकारीले ओपन खबरमामा गरेका कुराकानी  :

Before Samachar
थप समाचार

कमेन्ट गर्नुहोस

Your email address will not be published.