Open Khabar
Before Header

लकडाउन खुले सँगै बोजिनी नगरकोट रिसोर्टमा व्यवस्थित सेवा सुबिधा, संचालक माधव फुयाल

बोजिनी नगरकोट रिसोर्टका संचालक तथा प्रबन्ध निर्देशक माधव फुयाल (बद्रि)

सोहन राई
असोज ७, २०७७
Before Header
 
काठमाडौं – कोभिड १९ लाई मध्यनजर गर्दै स्वास्थ्य सम्बन्धित मापदण्ड पुरा गरेर बोजिनी नगरकोट रिसोर्ट पुन: संचालनमा ल्याइएको छ।
 

भक्तपुरको चाँगुनारायण नगरपालिका वडा नं ८ स्थित बोजिनी नगरकोट रिसोर्ट करीब ३ बर्ष भन्दा अगाडि देखि संञ्चालनमा आइरहेको छ। उक्त रिसोर्टमा हरेक पाहुनाहरुलाई उचित मुल्यमा गुणस्तरीय सेवा सुविधा दिदै आइरहेको रिसोर्टका संचालक तथा प्रबन्ध निर्देशक माधव फुयाल (बद्रि) ले ओपन खबरको अन्तर्वार्तामा बताएका छन्।

 

 

पूर्ण रुपमा पारिवारीक वातारण रहेको यस रिर्सोटबाट सुर्यअस्ताको रमणीय दृश्यसंगै काभ्रे, भक्तपुर, ललितपुर, काठमाडौ जिल्लाका विभिन्न स्थानहरुको अवलोकन समेत गर्न सकिने उनको भनाइ छ। हाल कोरोनाको कारण देश नै आक्रान्त भएको बेला महामारीको संवेदनशील अवस्थामा रिसोर्टले स्वास्थ्य सम्बन्धित मापदण्ड पुरा गरेर व्यवस्थित ढंगले सावधानी अपनाउदै पाहुनालाई सेवा सुबिधा दिदै आएको रिर्सोटका संचालक फुयालले जानकारी दिए।
 

देशमा लकडाउन भए सँगै होटल व्यावाशय अहिले धरासायी स्थितिमा छ भने व्यावसायिकहरुले ऋण खेप्नु परेको कारण आफ्नो कर्मचारीलाई कटौती गर्नु परेको उनले बताए। लकडाउनकै कारण होटल व्यावाशयमा मार परेपछि वेरोजगारि बढीरहेको भन्दै राज्यले पुनर्वित्त गरि दिए व्यावसायमा केहि सहज हुने उनको भनाइ छ। कर्मचारीको लागि पनि राज्य र व्यावसायिकहरुको तर्फबाट सहज वातावरणको व्यवस्था मिलाएर उनीहरुलाई आगाडी बढाउन राज्यले ध्यान दिनु पर्ने रिर्सोटका संचालक फुयालको धारणा रहेको छ।

 


बोजिनी नगरकोट रिसोर्टले सतर्कताका साथ डेलिवरीमा पनि राम्रो व्यवस्था गर्दै आएको छ भने पाहुनाहरु पनि सन्तुष्ट भएको साथै प्रतिक्रिया सकारात्मक आएको उनले ओपन खबरमार्फत जानकारी दिए। उनले उक्त अन्तर्वार्तामा भनेका छन्  ‘अतिथिलाई निकै नै सत्कार गरिदै स्थानीय खानेकुरा जस्तै खुवा लगायतका खानाहरु सबै प्राकृतिक, जैविकका साथै कृषि उत्पादन रहितको सेवा दिइदै आइरहेको छौं। कोभिड १९ लाई मध्यनजर गर्दै स्वास्थ्य सम्बन्धित सम्पूर्ण पूर्वाधार तयार गरेर होटल संचालन गरिएको हो।’
 

पूर्ण रुपमा पारिवारीक वातारण रहेको यस रिर्सोटबाट सुर्यअस्ताको रमणीय दृश्यसंगै हिउँले ढाकेको गणेश र जुगल हिमालको लोभ लाग्दो दृश्य समेत अवलोकन गर्न सकिने उनले बताए। कोभिडका कारण घरमा उकुस मुसुक भएको साथै शारीरिक तथा मानसिक थकान बाट मुक्ति पाउनका लागि एक चोटी बोजिनी रिसोर्टमा भिजिट गर्न सबैलाई आग्रह गरे। उनका अनुसार उक्त रिसोर्ट नजिक र छोटो गन्तव्य भएकोले प्राय आन्तरिक पर्यटकहरु नगरकोट टावर, बोजिनी ड्याम, पिकनिक, हाइकिङको मज्जा लिन र शान्त, हरियाली, प्राकृतिक वातावरण सँग घुलमिल हुन बारम्बार जाने गरेका छन्।

 

Before Samachar
थप समाचार
1 Comment
  1. Hari says

    २ बर्ष हुँदा सम्म आफुले काम लगाएको कामदारको सेलरि नदिनि चोर हरु हु न यि सब
    त्यति पैसा खाएर नै ठुलो हुन्छु भन्ने सोच्या छ है अझै?
    अब समाचार बनाउदा २/३ बर्ष सम्म सेलरि दिनु पर्दैन भनेर सेध्नु होला

कमेन्ट गर्नुहोस

Your email address will not be published.