Open Khabar
Before Header

कोरोना महामारीको अवस्थामा आयुर्वेदको बढ्दो आकर्षण, डा. सुवर्ण पौडेलको सुझाब

मेदान्त आयुर्वेद हेल्थ होम

सोहन राई
असोज ६, २०७७
Before Header
 
काठमाडौं – विश्वव्यापी रुपमा फैलिएको महामारी कोभिड १९ को कारण देशनै आक्रान्त भएको बेला मेदान्त आयुर्वेदको आकर्षण भने बढ्दो क्रममा छ।
 
कलंकीस्थित विगत १ वर्ष देखि मेदान्त आयुर्वेद हेल्थ होम विशेषगरि पोलीक्लिनिक को रुपमा संचालनमा आइरहेको छ। यस हेल्थ होममा विरामी चेक जाच, रक्त परीक्षण, फिजियो थेरापी, आयुर्वेदको पन्चकन्या थेरापी, पाइल्स फिसर फिस्टुलाको लागि छार सुत्र कर्म जस्ता उपचार संचालनमा ल्याइएको प्रबन्ध निर्देशक डा. सुवर्ण पौडेलले ओपन खबरको अन्तर्वार्तामा बताएका छन्।
 
कोभिडले विश्वभर असर पुर्याइरहेको अवस्थामा नेपालको सन्दर्भमा भने कोभिडको कारण अहिले आयुर्वेदप्रति केहि आकर्षण बढ्दो क्रममा रहेको उनले बताए। उनले  विगत देखि नै उपचारमा प्रतिरोध शक्ति तथा रोगसँग लड्न सक्ने क्षमता बढाउने जस्ता प्रक्रिया प्रयोग गर्दै आएकोले जनमानसमा यसको अझै बढी आकर्षण बढेको  बताए। मेदान्त आयुर्वेद हेल्थ होममा उपचारको क्रममा औषधी भन्दा बढी परामर्श  प्रयोग गरिने भएकोले  सबै आउने  बिरामीहरुको प्रतिक्रिया सकारात्मक आएको डा. पौडेलको भनाइ छ।
 
कोरोनाको भ्याक्सीन नबनिसकेको अवस्थामा कोरोना संक्रमित या लक्षण देखिएका मानिसहरु जो होम आइसोलेसन र क्वारेन्टाइनमा बस्दै आएकालाई परामर्शका साथै आयुर्वेदिक औषधी दिएर ७ देखि १० दिनमा निको भएको उनको भनाइ छ। उनका अनुसार ‘परामर्श र आयुर्वेदिक औषधीको प्रयोगले लक्षणहरु पनि चाडै हराउने भएकोले यसको निकै राम्रो प्रभावकारीता देखिएको अवस्था छ।’
 
कोभिड संक्रमित भएका अधिकाँश विरामीहरुलाई मानसिक समस्या बढ्ने भएकोले मानसिक समस्या हुन् नदिन योगा, ध्यान, व्यायाम गर्दै मन तातो पानि, वेसारपानी, तुक्सी, गुर्जोको चियाहरु पकाएर सेवन गर्नाले प्रतिरोध क्षमता बढाउन सकिने उनको भनाइ छ। यसै सन्दर्भमामा प्राथमिक उपचारको लागि दिनचर्या परिवर्तन गर्नु पर्ने साथै चिसो बाट जोगिन शरीरलाई गर्मि गराउने कुरा खानपिन गर्ने र आहार, विहारमा ध्यान दिदा आफु केहि हद सम्म जोगिने उनले उक्त अन्तर्वार्तामा बताएका छन्।
 
ब्रह्माले मानिसको संरचनाको कल्पना गरे सँगै मानिसलाई पर्ने समस्याको पनि हल स्वरूप बनाएको अवधारणा रहेको उनको भनाइ छ। अन्त्यमा उनले यो कुनै नयाँ नभएर निकै पुरानो आयुर्वेद भएकोले यसको संरक्षण गर्नु पर्ने साथै आयुर्वेदको नाममा ग्यारेन्टीको पछि लागेर अनावश्यक पैसा खर्च गर्दै औषधि सेवन नगर्न सबैलाई आग्रह गरे। आयुर्वेदको पनि आफ्नो हिसाबले साइड इफेक्ट हुने भएकोले मनन गर्दै सेवन गर्नु पर्ने साथै डाक्टर सँग परामर्श गरेर मात्र औषधीको प्रयोग गर्न ओपन खबर मार्फत जानकारी दिए।
Before Samachar
थप समाचार

कमेन्ट गर्नुहोस

Your email address will not be published.