Open Khabar
Before Header

सामाजिक सञ्जालको सदुपयोग कि दुरुपयोग

मछिन्द्रकुमार लामा


जीवनमा जन्म र मृत्यु सास्वत सत्य हो । बिभिन्न कालखण्डहरू पार गरी कोही बृद्ध अबस्थासम्म, कोही अल्पायुमै, कोही बाल्यकालमै संसारबाट बिदा लिइरहेका दृष्टान्तहरू हाम्रा सामु प्रशस्त छन् । कसले यो धर्तीमा कति दिन, कति घण्टा र कति समय व्यथित गर्नु पर्ने हो यस बिषयमा स्वयं पात्र भने अनभिज्ञ रहन्छ । आध्यात्मिकतर्फका कयौं दार्शनिकहरुले यस बिषयमा गहिरो अध्यायन, जप, ध्यान, पूजा–पाठ, होम–होमादी, यज्ञ–यज्ञादि गरेका छन् ।

Before Header

तर जन्म र मृत्युका बारेमा कसैले मिति तोकेर भन्न सकेका छैनन् । विज्ञान पनि हार खाएको बिषय यही हो । त्यसैले संसारलाई अहिंसाको पाठ सिकाउने र युद्ध, आतङ्क, काटमारबाट मानिसको हित नदेख्ने र सेवाभावमा समर्पित हुने गौतम बुद्धलाई भगवानको रुपमा पुज्ने गरिन्छ । बुद्ध भन्नुहुन्छ– विजयी भावले घृणालाई जन्म दिन्छ । यसले जीवनलाई दुःखमा पु¥याइदिन्छ । हार र जितभन्दा पर रहेमा मात्र खुशी र शान्तिपूर्वक बाँच्न सकिन्छ । सुख, शान्ति एवं आनन्द भन्ने कुरा आफैभित्र रहने कुरा हो । मैले आज चर्चा गर्न खोजेको विषय भने यो होइन, बुद्ध दर्शन, पूर्वीय दर्शनका बारे आपूmसँग भएको थोरै ज्ञान भविष्यमा साथीहरुबीच शेयर गर्ने नै छु । तर आज मैले मानव सेवाबारे थोरै चर्चा गर्ने कोसिश गरेको छु ।

हामी नेपालीहरु लाकडाउन (बन्दाबन्दी)मा घर बसेको पनि तीन महिना पुग्दैछ । अहिले केही दिन भयो लकडाउन खुकुलो भएको । मानव सभ्यातामाथि नै चुनौती आएको कोरोना महासंकटले विश्वलाई नै अक्रान्त बनाएको सन्दर्भमा हाम्रो सेवा कति प्रभावकारी रहन सक्यो त्यो अलग विषय हुन सक्छ । किन भने सेवा सधै अपूर्ण नै हुन्छ । मैले माथी भगवान बुद्धको भनाई उदृत गर्नुको अर्थ समाजमा रहेका अनेक थरी मनहरुलाई सचेत मात्र गर्न खोजेको हुँ । कसैप्रति आलोचना गर्न वा दुर्भावना फैलाउन खोजेको होइन । हिजो आज फेसबुकको प्रभाव विश्वब्यापी छ, कसैले त्यही फेसबुकलाई सूचना दिने माध्यमा बनाएका छन्, कसैले विषयगत विधामा बहस गर्ने थलो बनाएका छन् ।

कसै,कसैले आप्mनो प्रचारको माध्यम पनि बनाएका छन् । काभ्रेका सहित्यकार हरि मञ्जुश्रीले सामाजिक सञ्जाललाई साहित्यीक थलो बाउनु भएको छ । हरेक दिन जिल्लावासी नागरिकले गरेका कामको इतिहास पोष्ट गर्नु हुन्छ । जसको रुची जेमा हुन्छ, उसको कर्म त्यतै हुनु स्वभाविक पनि हो । काभ्रे रोशी गाउँपालिका अध्यक्ष डीबी लामा पनि सामाजिक सञ्जालमा सक्रिय हुने मध्येमै पर्नु हुन्छ कि जस्तो लाग्छ मलाई । उहाँ समाज सेवी हो भन्ने कुरा उहाँले पोष्ट गरेका सूचनाहरुबाट सजिलै बुभ्mन सकिन्छ । लकडाउनको सुरुमै वडा अध्यक्ष पदमबहादुर लामाले रोशीको वडा नमबर ६ मा खान नपुग्ने कोही छैन, हाम्रो क्षेत्रमा बाडिने खाद्यान्न अन्य क्षेत्रका भोका जनता र निभेको चुलो बालियोस् भन्नु भयो । त्यतीबेला अध्यक्ष डीबी लामा काठमाडौदेखि करिव ५५ किलोमिट हिड्दै गएका विभिन्न ठाउँका दैनिक हजारको संख्यालाई आप्mनै र सहयोगीहरुको गाडीमा हालेर सीमा पार (सिन्धुली) गराउँदै हुनुहुन्थ्यो । हजारौंलाई खाना र खाजा खुवाएको दृष्य देखेर उहाँलाई आर्शिवाद दिने धेरै भए ।

त्यस्तै हुने विरुवाको चिल्लो पात भनेझै पाँचखाल नगरपालिकाका मेयर महेश खरेलले प्रतिस्पर्धी उम्मेदवार रुद्रबहादुर बानियाँ, समाजसेवी धर्मसिंह तामाङको तस्विर राखेर कार्यालय सजाएका छन् । राजनीतिक कार्यकर्ता नरायण सापकोटा भन्छन्– काम गर्ने शैली बदलेको सन्देश दिन मेयर खरेलले त्यसो गरेको हो । कर घटाउने निर्णय, कृषि क्याम्पस स्थापनाको निर्णय, तरकारी उत्पादनमा विषादीको प्रयोगमा कमी र रोजगारी सिर्जनाजस्ता विषयले उनलाई अब्बल सिर्जनशील व्यक्तिका रुपमा स्थापित गरेको छ । स्वच्छ छविका नेता राजेन्द्र खरेलको छोरा भनेर अब महेशलाई चिनाई राख्नु पर्दैन । बागमती प्रदेशका ४५ नगरपालिकामध्ये उत्कृष्ट काम गरेको पाँचखालको प्रमाणपत्रले नै उनको परिचय दिन्छ ।

मिनेट मिनेटको सदुपयोग गरी मानव जगतको कल्याणमा जीवन समर्पण गर्ने यी मनहरु सबैको लागि  स्वीकार्य हुन्छन् नै । काभ्रेको महाभारत गाउँपालिका र मेरो पालिका बेथाञ्चोक पनि सेवा गर्नमा कमजोर रहेन । चौरीदेउराली, भुम्लु, मण्डनदेउपुर, बनेपा, पनौती, नमोबुद्ध र खानीखोलाको कोरोना विरूद्धको गतिविधि शुन्य नै जस्तो देखियो । त्यसलाई अलग विषय बनाएर चर्चा गर्न सकिन्छ ।
वेथानचोक गाउँपालिका वडा नं २, ३ र ४ ले विपद व्यवस्थापन समितिमार्फत घरदैलोमै पुगेर साबुन, जीवनजल र सिटामोल बितरण गरे । बेथाञ्चोक,ढुंखर्कमा क्रियाशिल जेसिस, लायन्स क्लब र रोटरी क्लबहरूमार्फत समाजसेवाका कामहरु भए । हातधुन सार्वजनिक स्थलमा धारा सहितको ट्याङ्की राखियो, संकलित मास्क, सेनिटाइजर, साबुन, सर्जिकल ग्लोब्सलगायतका सामाग्रीहरु हालसम्म कति वितरण गरियो, कतिपय सामान अहिले पनि गाउँपलिकाको कार्यालयमा थन्किएकै छन् । केन्द्रीय सरकारले भनेजस्तै एकद्वार प्रणाली विकास गर्ने नाममा कतिपयलाई विपद्को अवस्थामा सेवा गर्न हिडेकाहरुलाई रोकिएको पनि सुनियो ।

काभ्रेको महाभारत गाउँपालिकाले आप्mनो क्षेत्रबाट कामका सिलसिलामा अन्यत्र गएकाहरुलाई गाडीको व्यवस्था गरी घर पर्याउने काम गर्यो । र, औषधी वितरण, खाद्यान्न वितरणलगायतको लगत राख्ने काममा उसको सक्रियता भएको सुनिन्छ । अर्को मलाई खड्किएको विषय भनेको सेवाको नाममा दुई चार सयको सामान दिएर फोटो खिचाँई सामाजिक सञ्जालमा पोष्ट गर्न हतार गर्ने प्रबृति हो । भनिन्छ– एक हातले गरेको सेवा अर्को हातले थाहा नपाओस् । शास्त्रमा लेखिएको छ– कुनैपनि सेवकले आफूलाई केन्द्र बिन्दुमा राखेर सेवा गर्छ भने त्यो उसको अहंकार, घमण्ड, दुष्कर्म सिवाय केहि पनि होइन । पुण्य त लाभसँग साटासाट गरिने बिषय होइन नि ।

तर यहाँ समाजसेवी देखिन फोटो सेसन गर्ने होड चलेको देखिन्छ । सामाजिक सञ्जालको निकृष्ट दुरुपयोग गर्नेहरुको दया लाग्दो अबस्था देखेर मलाई पनि घरीघरी दिक्क लाग्छ । मेरै जिल्लाका केही नेता भनाउने चरम महत्कांक्षा पालेकाहरुको चरित्र देखेर दिक्क लागेको हो । हामी समाज सेवा गरिरहेका छौं कि आप्mनै व्यापार गरिरहेका छौं ? सेवाग्राहीलाई केन्द्र बिन्दुमा राखेर गरिने सेवालाई सत्कर्म, मानव सेवा, भागवत् सेवालगायत विभिन्न नामहरूले सम्बोधन गरिन्छ नि । होइन र ? सेवाग्राही एकजना, सेवकहरू चाहीँ ४, ५ जना बसेर फोटो सेसन कम्तीमा ३,४ वटा मोबाइलमा कैद गर्ने प्रबृति मौलाउदो छ । सेवाग्रहीले २० प्रतिश पाउने अनि ८० प्रतिशत आफैले आउँजाउँ र खाजा खर्च गर्ने प्रबृति पनि समाज सेवा हुन्छ र ?

(तरुण खबर डट कम बाट)

Before Samachar
थप समाचार

कमेन्ट गर्नुहोस

Your email address will not be published.