बासुदेव_न्यौपाने चुनाव जितेर गएको म बामपंथी बाट दामपंथी भएर आए,
सरकारमा हुदा सम्म ओलि र प्रचण्ड कै भजनकृतन गाए,
सर्वहारा बर्गको नाममा सर्वाङ्ग भए पछि,
लौ न म फेरि जनताको शरणमा आए,
आहा म कति भाग्यमानी नेकपाको केन्द्रिय सदस्य पाए !!

गाउको सुकुम्बासी भनेर सदनमा बुट बजार्न गए,
गुटमा टेकेर किसानको छातिमा बुट बजार्दै आए,
बालुवाटारको जग्गालाइ प्राभेट बनाउने म,
जनताका नाममा ३४ हजार ऋणको भार बोकाएर आए,
आहा म कति भाग्यमानी नेकपाको केन्द्रिय सदस्य पाए !!
तिमी निर्मला-निर्मला भन्दै रोडमा आयौ,
म संविधान र कानुनको बलात्कार गरि आए,
त्यस्ता जाबा १७ हजार मारेर आत्माग्लानी नभएको म,
कम्युनिस्टको नाममा कमाउनिस्ट भएर आए,
आहा म कति भाग्यमानी नेकपाको केन्द्रिय सदस्य पाए !!


राता दस्तावेज र घोषणा पत्र बजारमा ल्याए,
म कति बुद्धमानी जातीयताको नारा लाए,
रुकुमको उद्गमबिन्दु मै गएर यो व्यवस्था तुहाए,
नवराज लगाएत ले न्याय नपाए के भो त म मन्त्री भएर आए,
आहा म कति भाग्यमानी नेकपाको केन्द्रिय सदस्य पाए !!
जनतालाइ झुक्याएर दुइतिहाइ बहुमत लिएर आए,
यति र ओम्नीको के कुरा गर्नु र वाइडबडीमा अझ अर्बौं पाए,
५ बर्षमा नेपाललाई सिङ्गापुर बनाउछु भनेको,
देश त्यस्तै हो समृद्ध नेकपा सुखी अरिङ्गाल बनाए,
सेक्युरिटी पृटिङ्ग प्रेस बाटै आएको पैसा ले फेरि चुनाव लड्न आए,!!
आहा म कति भाग्यमानी नेकपाको केन्द्रिय सदस्य पाए
