
समय आफैमा बलवान छ भनिन्छ। समयलाई रोक्न, छेक्न सकिदैन। समय आफ्नै गतिमा दौडिरहेको हुन्छ। समयले नत अरूको कुरा नै सुन्छ। उसले कसैलाइ पनि सेकेन्ड सम्म कुर्न सक्दैन। अगि पछिको भन्दा फरकपना देख्छु म अहिलेको परिवेश अहिलेको यो घडिमा समय पनि मौन लाग्छ। कताकता के नमिलेको अघिल्लो सालभन्दा पुरै फरक अहिले विश्व पुरै कोरोनाको चपेटामा छ यतिमात्र कहाँ होर दिनहुँ बर्षादका कारण जताततै बाढि पहिरो ले मानविय क्षति र धनजनको ठुलो हानी पुर्याएको छ। बेलाबेलामा त्यो कहालिलाग्दो भुकम्पले आफ्नोपन देखाइरहेको छ।

२०७२ सालको भुकम्प सम्झँदा पनि डर लाग्छ। कतै फेरि यस्तो त हुने होइन मनमनै कुरा खेल्छ। प्राकृतिक विपत्तिका कारण कयौँ मान्छे घरबार बिहीन भएका छन । यसले त झनै ठुलो रूपमा असर गर्यो जताततै समस्याको मात्र। चित्कार सुनिन्छ ,देखिन्छ ,भोगिन्छ , दिउँसै रात परेको जस्तो यो समय कठै समस्या हजारौं छन त समाधान कतिपनि भेटिदैनन् ।अनि कसरी मान्छेको मन खुशी हुनु ओठको हाँसो त केबल देखावटी मात्र भनिन्छ सबैभन्दा झुट त हाम्रो हाँसो हुन्छ । यसले हजारौं समस्याको पछाडि पनि मुस्कुराएको आभास गराउँछ।
केही महिना अघिको दिन सम्झन्छु सबै आफ्नै काममा ब्यस्त थिए अहिले समय प्रसस्त छ काम केही छैन। आम्दानीको स्रोत ठप्प छन् ।यो पापी पेट पाल्न मात्र पनि धौधौ भनिन्छ काम भगवान हो काम विना जीवनको कल्पना गर्नु ब्यर्थ छ जब काम नै नहुदा जीवनको कल्पना कसरी गर्नु एक हप्ता भनेर गरेको यो लकडाउन ,बन्दाबन्दि आज छ महिना पुग्यो अझै केही कुराको एकिन छैन । कहिले आकाशबाट डरलाग्दो चट्याङ् प्रहार हुन्छ। कहिले जमिन माथिबाट हान्छ त कहिले जमिन मुनि अहो जाने कता कोरोनाले भन्छ घरभित्रै कैदि सम्मान बस बाहिर ज्यानको खतरा छ । फेरि भुकम्प भन्छ। घर भित्र त बस्नै हुदैन बाँच्नु र बचाउनु छ भने बाहिर जा आखिर यो संकटमा हामी मानव जाति कता जाने भित्र कि बाहिर मलाई लाग्छ। मानिसलाई यति सजिलो र ढुक्क काहाँ छ र देखेका अन्गिन्ति सपनाको गतिलो तगारो बनी बसेको छ।
यो समय कठै अहो कस्तो बेला म आफै छक्क र अचम्मित छु अहिले त हिन्दू धर्मावलम्बीहरूको माहान चाड पर्वहरू नजिकिदै छन तर मनमा खुशीको आभास हुनुपर्ने ठाउँमा झन दुखि छ कारण राम्रो लाउन र मिठो खान खै आम्दानी विदेश बस्नेलाई घर फर्किन कि जस्तो घर हुनेलाई आफन्त इष्टमित्र भेटघाट हुदैन जस्तो डरै डरले काम्ने बनायो आफ्नाबाट भाग्ने बनायो अघिल्लो सालको दिन र यि रमाइलो गर्दै मनाएका चाडहरू सम्झदा पनि कति आनन्दको अनुभूति हुन्छ। अब कहाँ खोजु यो समय यो मिठो पल यसपालि धेरै बर्षाको कारणले कृषि गरेर आफ्नो जिविकोपार्जन गरी बसेका किसानलाई पनि समयले पटक्कै साथ दिएको छैन बाढि पहिरोका कारण खेतियोग्य जमीन सर्वनाश भएका छन्।


सानोतिनो नोकरी गरेर सहर बस्दै पढ्दै गरेका विद्यार्थीलाई त झनै असहज भएको छ ।यो बेलामा सरकारी तवरबाट केही राहतको ब्यबस्था भए पनि राहत वितरण कार्यमा संलग्न केही मानिसहरुको घटिया सोचेको कारण सम्बन्धित मान्छे सम्म राहत पुग्न सकेको छैन। राहत जस्तो पक्षमा पनि बडो राजनीति मिसिएको मेरो देश कठै दया पलायो । सडकबाट नै आफ्नो जिविकोपार्जन धान्दै आएका जस्तै मकै पोल्दै बेच्ने , ज्याला मजदुरी गरेर खाने , कपडा सडकमै बेच्नेको झन के हाल होला सोच्दा पनि मुटु कामेर आउछ।
पढाइबाट केही गर्छु भन्दै सुन्दर सपना बुनेका हरूको अनुहारमा नैराश्यता देख्छु। अहिले सबैको मनमा बारम्बार उब्जिएको एउटा प्रश्न आखिर यो विपत्ति कहिले सम्म सहजका दिन कहिले आउला यस्तै झिनो आशा अल्झिएको यो जटिल यात्रा हामि गरिब र दिनदुखीलाई ढुक्क संग कहिले स्वास फेर्ने यो लकडाउन र बन्दाबन्दिले रोगको उच्च जोखिमलाई त केही मात्रामा कम त गर्यो होला तर यो रोग भन्दापनि भोक ले मान्छे मर्न थाले केही समय अघि सामाजिक संजालमा आएको घटना खाने कुरा नभएको कारण आत्महत्या गरेको खबरले उतिकै दुखि तुल्याएको छ ।
ब्यापार गरी जीवन धान्दै र चलाउदै आएका मान्छे अहिले विच्छिन छन। घरबेटीका भाडा ,साहुको ऋण , बैंकको कर्जा बुझाउन सकिरहेका छैनन् धेरैले सहर छोडि गाउँको यात्रा गरीसकेका छन्। म सोच्छु य लकडाउन त यस्तो पो रहेछ। धनी मिठो ,मिठो खाने गरिबको त जिउँदै काल पो रहेछ। अब उहि भगवान भरोसा जय पशुपतिनाथ हामी सबैलाई छिट्टै शान्तिको बाटो देखाऊ आफ्ना कलमका मसिहरु एकाएक गरी अगाडि बढिरहेका थिए। यतिकैमा दाजुले खाना खान अनुरोध गर्नु भयो म खाना खाने तरखर तिर लागे।
शान्ता पौडेल
सिन्धुपाल्चोक।

