फागुन ०७, २०७७

काठमाडौं – नेपाली बजारमा शुक्रबार फेरी सुनचाँदीको भाउ घटेको छ।
छापावाल सुनको मुल्य आज शुक्रबार एक हजार रुपैयाँले घटेर प्रति तोला ८८ हजार २ सय रुपैयाँ पुगेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।


हिजो बिहिबार छापावाल सुनको मुल्य प्रतितोला ८९ हजार २०० रुपैयाँमा कारोबार भइरहेको थियो। त्यस्तै, तोजावी सुनको मुल्य पनि घटेर आज प्रति तोला ८७ हजार ७ सय ५० रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।
यस्तै, आज चाँदीको मुल्य पनि तोलामा ३० रुपैंयाले घटेर प्रतितोला १३ सय ५ रुपैंयामा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ। हिजो बिहिबार भने चाँदीको मुल्य प्रतितोला १३ सय ३५ रुपैंयामा कारोबार भएको थियो।
