माघ २२, २०७७

काठमाडौं – नेपाली बजारमा बिहिबार सुनको भाउ सामान्य घटेको छ।
छापावाल सुनको भाउ बिहीबार आज घटेर तोलामा ९१ हजार १०० रुपैयाँ पुगेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।


बुधबार छापावाला सुनको भाउ तोलाको ९२ हजार थियो। त्यस्तै, तेजाबी सुन पनि घटेर तोलामा ९० हजार ६०० रुपैयाँमा कारोबार भइरहेको छ।
यस्तै, आज चाँदीको पनि भाउ घटेको छ। बुधबार तोलामा १३२० रुपैयाँमा कारोबार भएको चाँदी बिहीबार घटेर तोलामा १३०० रुपैयाँमा कारोबार भएको महासंघले जनाएको छ।
