माघ १८, २०७७

काठमाडौं – नेपाली बजारमा साताको पहिलो दिन आइतबार सुनको भाउ सामान्य बढेको छ।
छापावाला सुनकाे भाउ आज तोलामा सय रुपैयाँले बढेर ९२ हजार एक सय रुपैयाँ पुगेको नेपाल सुन चाँदी व्यवसायी महासङ्घले जनाएको छ।


गत साताको शुक्रवार छापावाला सुनको भाउ ९२ हजार थियो। त्यस्तै, तेजाबी सुनको भाउ पनि तोलामा एक सय रुपैयाँले बढेर ९१ हजार ६ सय रुपैयाँमा करोबार भइरहेको छ।
यस्तै, आज चाँदीको पनि भाउ बढेको छ। गएको शुक्रवार तोलाको १२ सय ८५ रुपैयाँमा कारोबार भएको चाँदी आज तोलामा ३५ रुपैयाँले बढेर १३ सय २० रुपैयाँमा कारोबार भइरहेको महासङ्घले जनाएको छ।
