
नेपालका लागि सुजुकी चार पाङ्ग्रे सवारी साधनको आधिकारिक वितरक तथा सीजी होल्डिंग्सको अटोमोटिभ डिभिजन सीजी मोटोकर्पले सबैभन्दा धेरै इन्धन प्रभावकारी पारिवारिक कार सुजुकी सेलेरियो सार्वजनिक गरेको छ।
सर्वाधिक माइलेज दिने सो गाडीको लो रनिङ कस्ट कारण, बढ्दो पेट्रोलेयम पदार्थको मूल्यवृद्धि भारबाट केही राहत मिल्ने कम्पनीको विश्वास रहेको छ।

याे गाडी कम्पनीले केही दिनअघि नै डिलरमा पठाएको थियो। मारुती सुजुकीको सिनामंगलमा रहेको डिलर प्रविशा ट्रेडिङमा आज अल न्यु सेलेरियो सार्वजनिक गरिएको हो।
नयाँ सेलेरियोमा अतुलनीय ड्राइभिङ अनुभव, नयाँ थ्रीडी अर्गानिक स्कल्प्टेड डिजाइन, फर्स्ट–इन–सेगमेन्ट सुरक्षा, र सुविधायुक्त सुविधाहरू भएको कम्पनीले जनाएको छ।
न्यु जेनेरेसन सेलेरियोमा अझै धेरै माइलेज, विना सम्झौताको सुरक्षा र सुविधाजनक फिचर रहेको छ साथै यसको नयाँ डिजाइनले ग्राहकलाई आकर्षित र उत्साहित गर्नेछ।
उत्कृष्ट डिजाइन
अल न्यु सेलेरियोले थ्रिडी अर्गानिक स्कल्प्ड डिजाइनको साथै गतिशील स्ट्यान्स प्रदान गर्दछ। स्टाइलिस थ्रिडी अर्गानिक स्कल्प्ड डिजाइन ले बजारमा कम्प्याक्ट ह्याचब्याक खण्डलाई पुनः परिभाषित गर्ने कम्पनीले जनाएको छ।
एनिमेटेड स्वीपिङ फ्रन्ट हेडल्याम्प, ड्रपलेट स्टाइल टेल ल्याम्प र क्रोमसहितको नयाँ रेडियन्ट सिग्नेचर फ्रन्ट ग्रिलले यसको ताजा उत्साहजनक डिजाइन सिग्नेचरलाई जोड दिन्छ। १५’ (३८.०२ सेन्टिमिटर) अर्बन कालो अल्लो पांग्रा र अगाडिको फग ल्याम्पले यसमा जीवन्त शैलीको आकर्षण थप्दछ।


कस्तो छ इन्टेरियर?
नयाँ सेलेरियोलाई थप आरामको लागि ऊर्जावान र फराकिलो केबिन विचारपूर्वक डिजाइन गरिएको छ। स्विपिङ क्यारेक्टर लाइनहरू र अर्गानिक स्कल्प्टेड थ्रीडी इन्स्ट्रुमेन्ट प्यानलले नयाँ सेलेरियोलाई अझै प्रिमियम फिल दिएको छ। उज्यालो क्रोम एक्सेन्टसहितको ट्विन स्लट सेन्टर एसी भेन्टिलेसन, बोल्ड ब्यारेल–थीम साइड एयर भेन्ट्सले भित्री डिजाइनलाई थप आकर्षक बनाएको छ।
शक्तिशाली इन्जिन
पावर र माइलेजको उत्तम सम्मिश्रण भएको नयाँ जेनेरेशनको डुअल जेट, डुअल भीभीटीयुक्त के–सिरिज इन्जिन प्रयोग गरेको छ जसले नेपालमै सर्वाधिक २६.६८ किमि प्रतिलिटर माइलेज दिनसक्नेछ। सेगमेन्टमै पहिलो इडल स्टार्ट स्टप प्रयोग गरिएको नयाँ सेलेरियोले कार्बन उत्सर्जनलाई १९ प्रतिशतसम्म घटाउनेछ।
अत्याधुनिक प्रविधि द्वारा संचालित, नयाँ सेलेरियोले ३५ सय आरपीएममा ८९ एनएम टर्क र ५५ सय आरपीएममा ६७ पीएस पावर प्रदान गर्दछ। नेक्स्ट–जेन के–सिरिज इन्जिनको विकास अत्याधुनिक प्रविधि जस्तै कूल्ड ईजीआर, अटो टेन्सनर र एकीकृत निकास मेनिफोल्डको प्रयोगबाट गरिन्छ।
सुरक्षामा उत्कृष्ट फिचर
सुजुकीको उन्नत हियरटेक्ट प्लेटफर्ममा बनेको नयाँ सेलेरियोले अत्यधिक सुरक्षा प्रदान गर्ने कम्पनीले जनाएको छ। हियरटेक्ट प्लेटफर्मले कारको क्र्यास, रिजिडिटी र समग्र बललाई सुधार गर्छ। उच्च तन्य स्टिलको व्यापक प्रयोग र १२ भन्दा बढी सुरक्षा सुविधाहरूले तपाईं र तपाईंका प्रियजनहरूका लागि सुरक्षित ड्राइभ सुनिश्चित गर्ने कम्पनीको विश्वास छ।
स्मार्ट प्रविधि
रमाइलो र आरामदायी ड्राइभिङ अनुभवको लागि १७.७८ सीएम (७ इन्च) स्मार्टप्ले स्टुडियो इन्फोटेन्मेन्ट सिस्टम उपलब्ध गरिएको छ। यसका अतिरिक्त, फस्र्ट इन सेगमेन्ट इन्जिन पुस स्टार्ट, पोलेन टाइप एसी फिल्टर जस्ता नयाँ सुविधाहरू पनि ल्याइएका छन्। माउन्टेड अडियो कन्ट्रोलसहित टिल्ट स्टेयरिङ, ६०ः४० स्प्लिट रियर सिट, र उचाइ–समायोज्य ड्राइभर सिट जस्ता सुविधाहरूले नयाँ सेलेरियो थप आराम्दाई हुँने कम्पनीले जनाएको छ।
मूल्य कति?
मारुती सुजुकी सेलेरियो तीन भेरियन्टमा उपलब्ध छ। कम्पनीका अनुसार सेलेरियो भीएक्सआईको मूल्य २७ लाख ९९ हजार रुपैयाँ, जेटएक्सआई २९ लाख ९९ हजार र जेटएक्सआईप्लसको ३१ लाख ९९ हजार रुपैयाँ रहेको छ।
