Open Khabar
inside Article Bleow Menu Single Page

आज फेरी बढ्यो सुनचाँदीको भाउ, सुन तोलामा ८ सयले बढ्यो भने चाँदी तोलामा ३० रुपैयाँले

सोहन राई
कार्तिक ५, २०७७
Before Header
 
काठमाडौं – गएको आईतबार देखि मंगलबार सम्म स्थिर रहेको सुनको मुल्य आज बुधबार अचानक बढेको छ।
 
आज सुनको मुल्य प्रति तोलामा ८ सय रुपैयाँ बढेर तोलाको ९५ हजार ५ सय रुपैयाँ निर्धारण गरिएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ। मंगलबार मात्रै नेपाली बजारमा प्रतितोला सुन ६९ हजार २ सयमा कारोबार भएको थियो।
 
गत आइतबार प्रतितोला ९४ हजार ७ सय पुगेको सुन त्यसपछि भने लगातार तीन दिनसम्म स्थिर रहँदै आएको थियो। तर, आज बुधबार अर्थात साताको चौथो दिन भने सुनको भाउ अचानक बढेको छ। यस्तै, चाँदी आज तोलामा ३० रुपैयाँ बढेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार चाँदी आज तोलाको १२ सय ४० रुपैयाँमा कारोबार भइरहेको छ। सुनचाँदीको भाउ अन्तर्राष्ट्रिय बजारमै  बढेकाले नेपाली बजारमा पनि मूल्य बढेको हो।
Before Samachar
थप समाचार

कमेन्ट गर्नुहोस

Your email address will not be published.