Open Khabar
inside Article Bleow Menu Single Page

विमा अभिकर्तामा विश्वासको शक्ति

INside Content

प्रकाश पौडेल

विमा अभिकर्तामा विश्वासको शक्ति ।
जोन स्टुवार्ट भिलले एक ठाँउमा लेखेका छन् । “विश्वासले युक्त मान्छे र उनान्सय जना रुची वा चाखमात्र भएका मान्छेमा बराबर शक्ति हुन्छ ।” त्यसैले विश्वास त्यो चिज हो जसले विमा अभिकर्ताहरुको सफलताको ढोका ढक्ढक्याउछ । अव तपाँई विमा अभिकर्ता केहि कुरा ठिक हो जस्तो हो भन्ने लाग्छ वा ठान्नुहुन्छ तपाईँ त्यहि अनुसारको अवस्था सिर्जना गर्नुहुन्छ । यहि अभिकर्ता पेशामा विश्वासलाई राम्रोसंग ह्याण्डल गर्ने हो भने त्यसले तपाईँको जीवनमा यानिकी अभिकर्ता पेशामा धेरै चमत्कार गर्न सक्छ । विश्वासले तपाईभित्रको गहिराईलाई उजागर गर्न मद्धत गर्दछ र चाहेको लक्ष्य प्राप्तीमा सहायता गर्दछ । आदरणिय अभिकर्ताज्युहरु आफ्नो अभिकर्ता पेशाप्रतिको त्यो अटुट विशवास भनेको कम्पास र नक्सा हो । जसले हजुरहरुलाई हजुरहरुको लक्ष्यतिर कसरी जाने भनेर बाटो देखाउँछ । विना विश्वासका अभिकर्ता पेसा अपनाएको व्यक्तिहरु निरिह हुन्छन् । उनीहरु चक्का खुस्कीएका गाडी जस्तै हुन्छन् । तपाईको आफ्नो सेवाप्रतिको विश्वासले काम गर्न उत्प्रेरित गर्दछ र बाच्ने लक्ष्य दिन्छ । समग्रमा भन्ने हो भने । मानिसको इतिहास भनेको मानविय विश्वास हो । ति महान मानिसहरु वुद्ध, क्राइस्ट, मोहम्मद, महात्मा गान्धी, आदिले हाम्रो विश्वासमा परिवर्तन गराइदिए । यदि हामी विमा अभिकर्ता पेसामा उत्कृष्टताको वा सफल मोडल खोजिरहेका छौ भने विश्वासको मोडल खोजौ । जसको माध्यमले विमा अभिकर्ताहरुले उत्कृष्ठता वा सफलता प्राप्त गर्नेछन् । अव नयाँ तरिका, जोश जाँगर र विश्वासको आधा। बनाऔँ, सफलता तपाइँको हातमा छ । विश्वास तपाइँभित्र छ । विष्फोट गर्नुस् वा सफलतापुर्वक विसाउनुहोस् ।

Before Samachar
थप समाचार

कमेन्ट गर्नुहोस

Your email address will not be published.