Open Khabar
Before Header

सुनको मूल्यमा नयाँ कीर्तिमान

काठमाडौं– आज (बुधबार) नेपाली बजारमा छापावाल सुनको मूल्य प्रतितोला रु ९४ हजार रुपैयाँ पुगेको छ। मंगलबारको तुलनामा १३ रुपैँयाले बृद्धी भएर सुनको मूल्यले अहिलेसम्मकै उच्च भाउको नयाँ कीर्तिमान कायम गरेको हो।

नेपाल सुन चाँदी व्यवसायी महासंघको अनुसार बुधबार  तेजावी सुन  प्रतितोला   ९३ हजार ५६० रुपैयाँ कारोबार भइरहेकाे छ।

यस्तै अघिल्लो दिनको तुलनामा तोलामै ९५ रुपैयाँले बढेर ११ सय ३५ रुपैयाँ प्रतितोलामा चाँदीको मूल्य कायम भएको महासंघले जनाएको छ ।

महासंघका महासचिव धर्मसुन्दर बज्राचार्यले  चाँदीको मूल्यवृद्धि भने पहिले १४ सय ५० रुपैयाँसम्म पुगेको बताए। कोारेनाका कारण प्रभावित विश्व अर्थतन्त्रका कारण सुनको भाउ अझै केहीसमय बढ्दो क्रममा हुने उनकाे भनाई छ।

थप समाचार

कमेन्ट गर्नुहोस

Your email address will not be published.