माघ १८, २०७७

काठमाडौं – कैलाली जिल्लामा १८ वर्षीया किशोरीलाई जबरजस्ती करणी गरेको अभियोगमा दुईजना युवक पक्राउ परेका छन।
शुक्रवार राति प्रहरीले लम्की नगरपालिका–१ भुरुवा बस्ने २१ वर्षीय उमेश अधिकारी र २० वर्षीय रतन बुढाथोकीलाई जबरजस्ती करणी अभियोगमा पक्राउ गरेको हो।


उमेश र रतन सहित ३ जनाले ती किशोरीलाई जबरजस्ती करणी गरेको खबर प्राप्त हुनासाथ ईलाका प्रहरी कार्यालय लम्कीबाट खटिएको प्रहरीले उनीहरुलाई पक्राउ गरेको ईलाका प्रहरी कार्यालयले जानकारी दिएको छ।
एक जना भने अझै फरार रहेका छन्। फरार भएका कृष्ण राउतको हाल प्रहरीले खोजी गरिरहेको बताएको छ। यस सम्बन्धमा कारवाही तथा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।
