Open Khabar
inside Article Bleow Menu Single Page

१० किलो चरेससहित एक पक्राउ

दश किलो चरेससहित बैतडीमा एक जना पक्राउ परेका छन्। पक्राउ पर्नेमा बझाङको बुङ्गल नगरपालिका–९ बस्ने ३० वर्षीय मानबहादुर धानुक रहेको बैतडीका प्रहरी प्रमुख प्रहरी नायब उपरीक्षक नारायणप्रसाद अधिकारीले जानकारी दिए।

धानुकलाई विशेष सुराकीको आधारमा सुदूरपश्चिम क्षेत्रीय अनुसन्धान समूह (आरआइटी) र जिल्ला प्रहरी कार्यालय बैतडीको संयुक्त टोलीले पक्राउ गरेको प्रहरी नायब उपरीक्षक अधिकारीले बताएका छन्। उनले भने, “झोलामा चरेस लिएर पैदल आइरहेका बेला उनलाई समातेका हौँ।”

Before Header

उनलाई गए राति ११ बजेतिर जिल्लाको पुर्चौडी नगरपालिका–६ को मोडलीधारबाट पक्राउ गरिएको क्षेत्रीय अनुसन्धान समूहले जनाएको छ। पक्राउ परेका धानुकलाई जिल्ला ल्याइँदै गरेको प्रहरीले जनाएको छ। घटनाको थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय बैतडीले जनाएको छ।

Before Samachar
थप समाचार

कमेन्ट गर्नुहोस

Your email address will not be published.