Open Khabar
inside Article Bleow Menu Single Page

गोरखामा चार महिनामा १० बालिका बलात्कृत

जबरजस्ती करणीका १४ घटना

गोरखा, ११ मङ्सिर, २०७७ । बलात्कार बिरुद्ध कानूनमा सजाय थप भइरहेका बेला गोरखामा बलात्कारको घटना झनै बढेका छन् । साउनदेखि कात्तिक मसान्तसम्म गोरखामा १० जना बालिका बलात्कृत भए ।

बलात्कारको १४ घटना घटे, १५ जना पीडित छन् भने तीमध्ये १० जना बालिका रहेको जिल्ला प्रहरी कार्यालय मुद्दा फाँटका प्रहरी निरीक्षक धर्म अधिकारीले जानकारी दिएको छ । बलात्कृत हुने बालिकाको उमेर ६ देखि १५ वर्ष रहेको छ ।  अन्य घटनामा पीडित युवती १७ जना र दुईवटा घटनामा पीडित महिला छन् ।

Before Header

घटनामा पीडित बालिका धेरै छन् तर पीडक उमेर पुगेका पुरष धेरै छन् । १४ वटा घटनामा १६ वर्ष उमेर मुनिका बालक एक जना मात्र छन् भने अधिकांश १८ देखि ४० वर्ष उमेर समुहका छन् । ‘पीडकको अवस्था हेर्दा जाने–बुझेकाले बालिकालाई ललाई–फकाई यौन हिंसा गरेको देखिएको प्रहरी निरीक्षक अधिकारीले बताए ।

१२ वर्षीय बालिकालाई करणी गरेको अभियोगमा ६८ वर्षीय पुरुषलाई पनि प्रहरीले पक्राउ गरेको छ । उनी अदालतको आदेशपछि अहिले पुर्पक्षका लागि कारागार चलान भएका छन् ।

Before Samachar
थप समाचार

कमेन्ट गर्नुहोस

Your email address will not be published.