Open Khabar
inside Article Bleow Menu Single Page

भारतको मिलिटरी इन्जिनियरिङको हाताभित्र गैरकानुनी रुपमा बसेको भन्दै एक नेपाली महिला गिरफ्तार

काठमाडौं,२७ कात्तिक । भारतको पुनेस्थित कलेज अफ मिलिटरी इन्जिनियरिङको हाताभित्र गैरकानुनी रुपमा बसेको भन्दै एक नेपाली महिलालाई त्यहाँको प्रहरीले गिरफ्तार गरेको छ ।२६ वर्षीया महिला नवलपरासीको भएको स्थानीय प्रहरीलाई उद्धृत गर्दै भारतीय सञ्चार माध्यमहरुले जनाएका छन् ।

उनी एक आर्मी अफिसरको निवासमा बसेको भन्दै यस विषयमा अनुसन्धान शुरु गरिएको प्रहरीले जानकारी दिएको छ । ती महिलाले प्रहरी अनुसन्धानको क्रममा मार्च २३ मा आफूले पर्खाल नाघेर प्रवेश गरेको बयान दिएकी छन् । तर उनी किन त्यसरी प्रवेश गरिन् भन्ने सम्बन्धमा उनले केही बताउन नचाहेको स्थानीय प्रहरीले जानकारी दिएका छन् ।

Before Header

त्यस अगाडि ती आर्मी अफिसर र महिलाको बिचमा बाहिर भेट भएको प्रहरी अनुसन्धानबाट खुलेको छ । त्यसैले आर्मी अफिसरको संलग्नताको विषयमा समेत अनुसन्धान भइरहेको प्रहरीले जानकारी दिएको छ । ती महिलालाई मंगलबार अदालतमा पेश गरिएको थियो ।

Before Samachar
थप समाचार

कमेन्ट गर्नुहोस

Your email address will not be published.