Open Khabar
inside Article Bleow Menu Single Page

स्याङ्जामा एकै दिन १११ जना फरार प्रतिवादी पक्राउ

स्याङ्जा – जिल्ला प्रहरी कार्यालय स्याङ्जाले एकैदिन १११ जना फरार प्रतिवादीहरुलाई पक्राउ गरेको छ। यही कात्तिक १९ गते जिल्ला प्रहरी कार्यालय स्याङ्जा तथा मातहतका युनिटबाट खटिएको टोलीले ९७ जना पुरुष र १४ जना महिला गरी १११ जनालाई पक्राउ गरी जिल्ला अदालतमा उपस्थित गराएको हो।

प्रहरीको अनुसार २०५९ सालदेखि कर्तव्य ज्यान मुद्दामा फरार रहेका स्याङ्जा थुमपोखरा घर भई नवलपरासीको सुनवलमा बस्दै आएका तेजलाल डुम्रे, जबरजस्ती करणी मुद्दाका बालसिंह गुरुङ, जबर्जस्ती करणी उद्योगमा संलग्न ६ जना, हाडनाता करणीमा संलग्न ३ जना, हातहतियार खरखजना मुद्दाका ३ जना, लागु औषध मुद्दाका २ जना लगायतलाई पक्राउ गरेको हो।

Before Header

पक्राउ पर्नेहरुमा कर्तव्य ज्यान, जवरजस्ती करणी, मानवबेचबिखन, लागु औषध, हातहतियार खरखजना, सवारी ज्यान, बहुबिवाह, चेक अनादर, अंशवण्डा, सम्बन्ध विच्छेद, कुटपिट, लुटपिट लगायतका मुद्दाका छन्।

Before Samachar
थप समाचार

कमेन्ट गर्नुहोस

Your email address will not be published.