Open Khabar
Before Header

भक्तपुरमा युवतीको बिषयमा विवाद हुँदा ३ जनाबीच ढुंगा हानाहानमा एकको शव नर्कटको झाडीमा फेला

सोहन राई
कार्तिक ९, २०७७
Before Header
 
काठमाडौं – आइतबार भक्तपुरमा एक जना पुरुषको शव नर्कटको झाडीमा फेला परेको छ। भक्तपुर नगरपालिका वडा नं १ ईतापाकोस्थित भारत उत्तर प्रदेशका ३५ बर्षीय शाहिव हुसैनको शव नर्कटको झाडीमा फेला परेको हो।
 
दुवाल मेटल कारखानामा पित्तलको भाँडा बनाउने हुसैनको उनीसगैं काम गर्ने साथीहरुबाट हत्या भएको महानगरीय परिसर भक्तपुरले जनाएको छ। प्रहरीले आज विहान हुसैनको टाउको क्षतिविक्षत हुने गरी चोट लागेको अवस्थामा नर्कटको झाडीमा उनको शव फेला पारेको हो।
 
प्रहरीका अनुसार शनिबार साँझ सँगै बसेर मादक पर्दाथ सेवन गरेर काराखाना फर्कने क्रममा बाटाेमा युवतीकाे बिषयलाइ लिएर सानु अन्सारी र शाहिव हुसैनबीच ढुंगा हानाहान भएकाे थियाे। साेही क्रममा हुसेनलाई सानु अन्सारी र सलमान खानले ढुंगाले अनुहार र टाउकोमा प्रहार गरी हत्या गरेको महानगरिय प्रहरी परिसर भक्तपुरले जनाएको छ।
 
हुसैनसँगै काम गर्ने उनका साथीहरु १९ बर्षीय सानु अन्सारी र २३ बर्षीय सलमान खानलाई हत्या गरेको अभियोगमा पक्राउ गरेको परिसर भक्तपुरले जनाएको छ। प्रहरीका अनुसार मृतकका साथीहरुको कोठा खानतलासी गर्दा रगत लागेको लुगा र जुत्ता फेला परेको छ। प्रहरीले हत्याको वारेमा थप अनुसन्धान भईरहेको जनाएको छ।
Before Samachar
थप समाचार

कमेन्ट गर्नुहोस

Your email address will not be published.