Open Khabar
Before Header

घरको एकतलामाथीबाटआफ्नै बुबालाई खसालेर हत्या गर्ने २२ वर्षीय छोरा पक्राउ

सोहन राई
कार्तिक ८, २०७७
Before Header
 
काठमाडौं – प्रहरीले दाङमा आफ्नै बुबाको हत्या गर्ने छोरालाई पक्राउ गरेको छ। गए राती शुक्रबार दाङको बंगलाचुली गाउँपालिका २ पाखापानीस्थित ४५ वर्षीय बालाराम बिकको कुटपिट गरी हत्या गरेको अभियोगमा उनकै २२ वर्षीय छोरालाई प्रहरीले पक्राउ गरेको हो।
 
बालाराम बिकलाई घरायसी विवादमा २२ वर्षीय छोरा वीर बहादुरले कुटपिट गरी हत्या गरेको प्रहरीले जनाएको छ। प्रहरीका अनुसार छोरा वीर बहादुरले कुटपिट गरी आफ्नै घरको माथिल्लो तलाबाट खसाल्दा बालारामको घटनास्थलमै मुत्यु भएको थियो।
 
इलाका प्रहरी कार्यालय कमिरेचौरबाट खटिएको प्रहरीले वीर बहादुरलाई शुक्रबार राति पक्राउ गरेको हो। यस घटनाक्रम बारे छानविन तथा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।
Before Samachar
थप समाचार

कमेन्ट गर्नुहोस

Your email address will not be published.