Open Khabar
Before Header

प्रहरीमाथि गोली चलाउने भारतीय युवक हतियारसहित पक्राउ,प्रहरीको जवाफी फायरिङमा घाइते

सोहन राई
कार्तिक ५, २०७७
Before Header
 
काठमाडौं – नेपाल प्रहरीले बाराको नेपाल भारत सीमा क्षेत्रमा एक जना भारतिय नागरिकलाई गोली हानेर पेस्तोल र गोलीसहित पक्राउ गरेको छ। नेपाल भारत सीमा क्षेत्रमा प्रहरीले चेक गर्ने क्रममा भारतियले प्रहरीमाथि गोली चलाएपछि प्रहरीले जवाफी फायरिङ गर्दै पक्राउ गरेको हो।
 
पक्राउ पर्नेमा भारत बिहारको जिल्ला मोतिहारी पूर्वी चम्पारणको दुधीअवा गाउँ घर भएका २८ वर्षीय वृृजकिशोर कुशवाहा रहेका छन्। भारतबाट हतियार बोकेर नेपाल प्रवेश गरेका उनलाई प्रहरीले चेक गर्न खोज्दा प्रहरीमाथि गोली चलाएका थिए। प्रहरीले जवाफी फायरिङ गर्दा उनको बायाँ हातमा गोली लागेर घाइते भएको बाराका प्रहरी नायब उपरीक्षक गौतम मिश्रले जानकारी दिए।
 
सिम्रौनगढ नगरपालिका ९ सानो बंकुलस्थित सीमा क्षेत्रमा कुसवाहलाई बुधबार दिउँसो साढे ३ बजे एक थान पेस्तोल र त्यसमा लाग्ने ५ राउण्ड गोलीसहित प्रहरीले नियन्त्रणमा लिएको उपरीक्षक मिश्रले जानकारी दिए। उपरीक्षक मिश्रका अनुसार घाइते कुसवाहको प्रहरी निगरानीमा उपचार भइरहेको र थप अनुसन्धान कार्य अगाडि बढाएको छ। ति भारतिय नागरिक पेशेवर सुटर हुनसक्ने आशंका प्रहरीले गरेको छ।
Before Samachar
थप समाचार

कमेन्ट गर्नुहोस

Your email address will not be published.