Open Khabar
Before Header

माछा मार्न गएकी महिलाको शव खोलाको डिलमा गाडिएको अवस्थामा भेटियो, सँगैगएका देवर समातिए

सोहन राई
असोज २८, २०७७
Before Header
 
काठमाडौं – माछा मार्न गएकी एक महिलाको शव खोलाको डिलमा गाडिएको अवस्थामा फेला परेको छ। शुक्लाफाँटा नगरपालिका ८ नौखरी मुक्तकमैंया शिविरका अन्दाजी ३५ वर्षीया महिलाको शव सनवोरा (गौडी) खोलाको डिलमा गाडेको अवस्थामा बुधबार फेला परेको हो।
 
मङ्गलबार खोलामा माछा मार्न गएकी कलावती खुना घर नफर्केपछि स्थानीयवासी र परिवारका सदस्यले खोजतलास गर्दा खोलाको डिलमा रहेको बालुवामा गाडेको अवस्थामा शव फेला परेको वडासदस्य लालाबहादुर महराले बताए।
 
महिलासँगै माछा मार्न गएका उनका देवर अन्दाजी वर्ष २६ का मानसिंह खुनालाई प्रहरीले नियन्त्रणमा लिएको छ। इलाका प्रहरी कार्यालय झलारीबाट गएको प्रहरीको टोलीले घटनास्थललाई सिल गरी अनुसन्धानको गरिरहेको छ। मृतक महिलाका श्रीमान् प्रकाश खुना महेन्द्रनगर बजारमा काम गर्दै आएका छन्।
Before Samachar
थप समाचार

कमेन्ट गर्नुहोस

Your email address will not be published.