Open Khabar
inside Article Bleow Menu Single Page

महोत्तरीमा लागूपदार्थसहित दुई जना पक्राउ

INside Content

काठमाडौँ । प्रतिबन्धित लागूऔषधसहित महोत्तरीमा दुई जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा काठमाडौं जडीबुटी बस्ने २२ वर्षीय रवीन्द्र श्रेष्ठ र काठमाडौंकै बुढानीलकण्ठ बस्ने २७ वर्षे सनत सिवाकोटी हुन् ।

सोमवार राति बर्दिबासस्थित इलाका प्रहरी कार्यालय गौरिडाडाबाट खटिएको प्रहरीको टोलीले चेकजाँच गर्दा उनीहरू सवार बागमती प्रदेशको २७५५ नम्बरको मोटरसाइकलमा राखिएको लागूपदार्थ फेला परेको इलाका प्रहरी कार्यालय गौरिडाडाले जनाएको छ ।

Before Header

मोटरसाइकलको सिटको बिच भागमा कालो रङको झोला भित्र रातो रङको प्लास्टिकमा नाइट्रोभेट– १० लेखिएको २५ पत्ता, एक पत्तामा ३० चक्कीको दरले जम्मा ७५० चक्की र अल्कोहल स्वाब टोरुण्डा दि अल्कोहल ट्याम्पिन डि अल्कोहल लेखिएको ९४ पुरिया सहित फेला पारिएको इलाका प्रहरी कार्यालय गौरिडाडाका प्रमुख रवि रावलले जानकारी दिए ।

पक्राउ परेका दुवै जनालाई जिल्ला अदालत महोत्तरीबाट दिन १० दिन म्याद थप गरी अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

Before Samachar
थप समाचार

कमेन्ट गर्नुहोस

Your email address will not be published.