Open Khabar
Before Header

श्रीमान द्धारा खुकुरी प्रहार गरी श्रीमतीको हत्या

विवेकगाहा झापा कमल गाउँपालिका वडा नं २ त्रिवेणी चोक बस्ने ३४ वर्षीय रामजी थापाले आफ्नै श्रीमतीको खुकुरी प्रहार गरी हत्या गरेका छन । उनी १ महिना अगाडिमात्र वैदेशिक रोजगारीबाट स्वदेश फर्किएका थिए ।
सामान्य घरायसी विवाद आकर्षित भएर घरमै राखेको खुकुरी निकालेर घाटीमा प्रहार गर्दा २४ वर्षीय रिता थापा को घटनास्थलमै मृत्यु भएको थियो । शनिबार पौने ५ बजे भएको उक्त घटनामा संलग्न थापालाई प्रहरी चौकी तोपगाछीले घटनास्थलबाटै नियन्त्रणमा लिई इलाका प्रहरी कार्यालयको जिम्मा लगाएको छ ।
Before Header
इलाका प्रहरी कार्यालय दमकमा माइती पक्षबाट जाहिरी दर्ता गरिएको छ । माइती पक्षले दाइजोको निहुँमा हत्या गरिएको र दोषीलाई कडा भन्दा कडा सजाएको माग गरी गरी आफूहरुलाई न्याय दिलाइदिन अनुरोध गरेका छन् । घर पक्षबाट मृतक रीताको विवाह दर्ता, नागरिकता अहिले सम्म नगराइदिएको र पटकपटक विवाह दर्ता नागरिता गराउन माग गर्दा पनि घर पक्षले कुनै चासो नदेखाएको माइती पक्षको भनाइ रहेको छ ।
घटनामा संलग्न थापालाई जिल्ला अदालत चन्द्रगढी पठाइ सकिएको ईलाका प्रहरी कार्यालय दमकका डीएसपी विजयराज पण्डितले बताउनुभयो । यस घटनामा संलग्न अन्यलाई पनि कानुनी दायरामा लिई सजाय दिलाउने विजयराज पण्डितले जानाकारी दिनुभभयो । घटनाको अनुसन्धान भइरहेको र थप विवरण आउन बाँकी रहेको छ ।
Before Samachar
थप समाचार

कमेन्ट गर्नुहोस

Your email address will not be published.