Open Khabar
Before Header

भक्तपुरको चीया पसलमा तास खेलिरहेको अवस्थामा चारजनालाई पक्राउ

काठमाडौं-  भक्तपुरमा तास खेलिरहेको अवस्थामा चारजनालाई पक्राउ गरेको छ। महानगरीय प्रहरी वृत्त, थिमिले तास खेलिरहेको अवस्थामा चारजनालाई पक्राउ गरेको हो।

पक्राउ पर्नेमा भक्तपुरको सूर्यविनायक नगरपालिका–१ का ५२ वर्षीय राजेन्द्रकुमार थापा, ४८ वर्षीय मनोज बानियाँ, ३० वर्षीय विश्व न्यौपाने र खोटाङका ४० वर्षीय नगेन्द्र राई छन्।

Before Header

शनिबार साँझ ७ बजे विष्णुप्रसाद घिमिरेको घरमा श्याम थापाले सञ्चालन गरेको चिया पसलमा तास खेलिरहेको सूचना प्राप्त भएपछि प्रहरी टोली परिचालित भएको थिमिका डीएसपी ऋषिराम कँडेलले बताए।

त्यसक्रममा चार जनालाई नियन्त्रणमा लिएर अनुसन्धान थालिएको कँडेलको भनाई छ। उनका अनुसार तास खालबाट ७६ हजार ८ सय रुपैयाँ र पक्राउ परेका व्यक्तिबाट ३२ हजार ५ सय रुपैयाँ गरी जम्मा एक लाख ९ हजार ३ सय रुपैयाँ बरामद भएको छ।

Before Samachar
थप समाचार

कमेन्ट गर्नुहोस

Your email address will not be published.