Open Khabar
Before Header

१७ वर्षीया किशोरीलाई सार्वजनिक बसभित्र सामूहिक बलात्कार गर्ने थप एकजना पक्राउ

सोहन राई
असोज २३, २०७७
Before Header
 
काठमाडौं – भक्तपुरमा १७ वर्षीया किशोरीलाई सार्वजनिक बसमा सामूहिक बलात्कार गरेर बेहोस अवस्थामा छाड्ने थप एकजनालाई झापाबाट पक्राउ गरेका छन्।
 
झापा चन्द्रगढी पृथ्वीनगर-१ का २१ वर्षीय दीपेश राईलाई प्रहरीले भद्रपुरबाट पक्राउ गरेको हो। महानगरीय प्रहरी वृत्त जगाती र महाशाखाको टोलीले झापा प्रहरीसँगको समन्वयमा २१ वर्षीय राईलाई भद्रपुरबाट पक्रेर भक्तपुरमा ल्याएको महानगरीय अपराध महाशाखाका एसएसपी दिपक थापाले बताए।

 

 
बलात्कारमा संलग्न रहेको सिन्धुपाल्चोक साँगाचोकगढी–१० घर भएका २२ वर्षीय निरकुमार खड्का र जुगल गाउँपालिका–४ घर भएका २१ वर्षीय सूर्य श्रेष्ठलाई यसअघि नै पक्राउ गरिसकेको छ। यी ३ जनाले गत असोज १७ गते १७ वर्षीया किशोरीलाई सामूहिक बलात्कार गरेका थिए। बलात्कृत किशोरीलाई प्रहरीले रत्नपार्क–भक्तपुर रुटमा चल्ने बा.३ ख. २६१२ नम्बरको बसबाट बेहोस अवस्थामा उद्धार गरेको थियो। तीनैजना खड्का, श्रेष्ठ र राई सोहि गाडीका चालक र सहचालक हुन्। उनीहरूले पार्किङ गरी राखेको त्यही गाडीभित्र शनिबार बिहान ११ देखि राति ९ः३० बजेसम्म पटक–पटक सामूहिक बलात्कार गरेको बयान पीडित किशोरीले दिएको प्रहरीले जनाएको छ।
 
पीडित किशोरीका अनुसार यो समूहले असोज १६ गते रत्नपार्कमा पानीमा लठ्याउने औषधि मिसाएर दिएको थियो। किशोरीलाई लठ्याउने औषधि मिसाइएको पानी खुवाई नियन्त्रणमा लिएर रत्नपार्कबाट भक्तपुर सूर्यविनायकमा पुर्‍याएर १७ गते बलात्कार गरेको पाइएको महानगरीय प्रहरी परिसर भक्तपुरले जनाएको छ। किशोरीलाई दिपेशले रातभर बलात्कार गरेपछि भोलिपल्ट निरकुमार र सुर्यलाई किशोरी जिम्मा लगाएको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट थाहा भएको छ। किशोरी बेहोस अवस्थामा देखेर अन्य गाडीका स्टाफले प्रहरीलाई सूचना दिएपछि घटना बाहिरिएको थियो।

 

 
किशोरीलाई बिहान ११ बजेदेखि आफ्नो गाडीभित्र जबरजस्ती गरिरहे पनि सँगै पार्किङ गरी राखेका अन्य गाडीका चालक तथा सहचालकले बेलुका ९ः३० बजे मात्रै त्यसको सुइँको पाएका थिए। लगत्तै उनीहरूले प्रहरीलाई खबर गरेपछि महानगरीय प्रहरी परिसर भक्तपुर र महानगरीय प्रहरी वृत्त जगातीबाट टोली खटिएको थियो। किशोरीले ति तिनैजना आफ्नो चिनजानको नभएको र रत्नपार्कमा शुक्रबार बिहान ११ बजे मात्रै भेट भएको पीडितको भनाइ छ। अभियुक्तले नै कुराकानी सुरु गरी पानी खुवाएको उनले प्रहरीलाई बताएकी छन्। पीडित किशोरीले आफू काठमाडौंमा दिदीसँगै बस्दै आएको र काम सकेर दिदीकहाँ फर्किन लागेका बेला अभियुक्तसँग भेट भएको उनको भनाइ छ।
Before Samachar
थप समाचार

कमेन्ट गर्नुहोस

Your email address will not be published.