Open Khabar
Before Header

गुण्डा नाइके राधे भण्डारी पक्राउ

धादिङका  गुण्डा नाइके राधे भण्डारी पक्राउ परेका छन्। सिद्धलेक गाउँपालिकाका जनप्रतिनिधिलाई धम्की दिएपछि जिल्ला प्रहरी कार्यालय, धादिङले उनलाई पक्राउ गरेको हो।

जिल्लाका डीएसपी लोकनाथ तिम्सिनाका अनुसार बालुवा निकाल्ने ठेक्काको म्याद सकिएपछि पनि उनले अवैध रूपमा  बालुवा निकालिरहेकाले  पक्राउ गरेको हो।

Before Header

त्यसपछि गाउँपालिकाका प्रतिनिधिले जिल्ला प्रशासन कार्यालय, धादिङमा उजुरी दिएपछि भण्डारीविरुद्ध पक्राउ पूर्जी जारी भएको थियो। भण्डारी नेपाली कांग्रेस निकट तरुण दलको जिल्ला उपाध्यक्ष समेत हुन्।

उनी २३ जेठमा धादिङमा हतियारसहित पक्राउ परेका थिए। यसअघि ०७० साल २१ असारमा धादिङबाट राजधानी फर्किने क्रममा गुण्डा नाइके दिनेश अधिकारी (चरी) लाई गोली हानेपछि उनी चर्चामा आएका थिए। त्यसअघि चरी समूहका आयुप तामाङको समेत उनले हात काटिदिएका थिए।

चरीलाई गोली हानेको घटनामा उनी राजनीतिक दबाबमा डेढ लाख रुपैयाँ धरौटी तिरेर छुटेका थिए । चरी भने २१ साउन २०७१ मा भीमढुंगामा भएको प्रहरी इन्काउन्टरमा मारिएका छन्।

 

Before Samachar
थप समाचार

कमेन्ट गर्नुहोस

Your email address will not be published.