Open Khabar
inside Article Bleow Menu Single Page

बालिका करणी आरोपमा एकजना पक्राउ

INside Content

काठमाडौँ । बालिकालाई जबरजस्ती करणी गरेको आरोपमा पाल्पामा एक पुरुष पक्राउ परेका छन् । चौध वर्षीया बालिकालाई करणी गरेको आरोपमा रिब्दीकोट गाउँपालिका– १ ख्याहाका ३९ वर्षीय विष्णुबहादुर बिकलाई प्रहरीले पक्राउ गरेको हो ।

जिल्ला प्रहरी कार्यालयको टोलीले करणी पश्चात फरार रहेका बिकलाई पक्राउ गरेको हो । बिकले बालिकालाई यही जेठ २३ गते रिब्दीकोट–२ जङ्गलमा करणी गरेका थिए । पीडित बालिकाकी आमाले प्रहरीमा जाहेरी दिएपछि विकलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी वीरेन्द्र थापाले जानकारी दिए । सांकेतिक तस्बिर

Before Header
Before Samachar
थप समाचार

कमेन्ट गर्नुहोस

Your email address will not be published.