Open Khabar
inside Article Bleow Menu Single Page

अवैध वन्जयन्तु कछुवासहित दुई पक्राउ

INside Content

काठमाडौं । नेपाल प्रहरीले अवैध वन्यजन्तु कछुवासहित दुई जनालाई पक्राउ गरेका छ। प्रहरी प्रभाग कोटेश्वरबाट खटिएको प्रहरी टोलीले १० कछुवासहित काठमाडौँ कीर्तिपुर नगरपालिका–९ बस्ने २५ वर्षीय राज देउला र २० वर्षीय राहुल देउलालाई आइतबार साँझ पक्राउ गरेको हो।

जिल्ला प्रहरी परिसर काठमाडौँका प्रवक्ता प्रहरी उपरीक्षक दिनेशराज मैनालीले काठमाडौँ महानगरपालिका–३२ कोटेश्वरस्थित प्रोटोवेलो क्याफे हाउसमा अवैधरुपमा कछुवा ओसारपसारमा संलग्न उनीहरुलाई पक्राउ गरिएको जानकारी दिए।

Before Header

उनीहरुसँग कछुवा १० वटा, विभिन्न कम्पनीका मोबाइल तीन थान, बा ९९ प ४९४४ नम्बरको मोटरसाइकल एक थान प्रहरीले बरामद गरेको छ।

पक्राउ परेका उनीहरुलाई प्रहरी प्रभाग कोटेश्वरको टोलीले अनुसन्धान गरिरहेको प्रवक्ता मैनालीको भनाइ छ।

Before Samachar
थप समाचार

कमेन्ट गर्नुहोस

Your email address will not be published.