Open Khabar
Before Header

सुन किन्न बोलाएर लुटपाट गर्ने सिन्धुपाल्चोकका चार जना पक्राउ, एक फरार

काठमाडौं । प्रहरीले काठमाडौंको कपनमा सुन किन्न बोलाएर लुटपाट गर्ने समूहका पाँच जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा चार जना सिन्धुपाल्चोकका रहेका छन् । सिन्धुपाल्चोक बाह्रबिसेका ३२ वर्षीय विष्णु थापा, जुगलका २७ वर्षीय मेखबहादुर तामाङ, २८ वर्षीय रुवेन लामा गोले, २३ वर्षीय आकाश स्याङ्वो रहेका छन् । अर्का एक सर्लाही हरिवन घर भइ कपन बस्ने विशाल लामा छन् ।

बिहीबार साँझ सुन किन्न बोलाएर साथमा बोकेको पैसाको झोला खोसेर भाग्ने समूहका योजनाकारसहित पाँच जनालाई अपराध महाशाखा र प्रहरी वृत बौद्धको सयुक्त टोलिले हिजो पक्राउ गरेको हो । कपनस्थित आनीगुम्बा नजिकै ‘सुन किन्न’ गएका उदयपुर चौदण्डीका निराहाङ राई लुटिएका हुन् । लुटेरा समूहले उनको साथमा रहेको १३ लाख ५० हजार लुटेका थिए ।

Before Header

सस्तोमा सुन बेच्ने लोभमा पारेर लुट्ने समूहका मुख्य योजनाकार रुवेन लामासँग ३७ वर्षीय निराहाङले सुन किनबेचको योजना मिलाएका थिए । सानो टुक्रा सक्कली सुन देखाएर विश्वासमा पारेपछि रुवेनले पैसा लिएर गुम्बानजिक बोलाएका थिए ।गुम्बानजिक पुग्नासाथ रुवेनको समूहका चारजनाले निराहाङको साथमा रहेको झोला खोसेर भागेको थियो ।

Bleow Covid

लुटेको पैसाले सो समूहका मेखबहादुरले पल्सर मोटरसाइकल किनेको प्रहरीको अनुसन्धानबाट खुलेको छ । सो समूहले चोरी गरेर लुकाई राखेको ८ लाख ७५ हजार नगद र मोटसाइकल बरामद गरिएको महानगरीय अपराध महाशाखा प्रमुख दीपक थापाले जानकारी दिए । लुटपाटमा संलग्न मध्ये सिन्धुपाल्चोक बाह्रबिसे घर भएका ३२ वर्षीय सुजन बिक भने फरार छन् । प्रहरीले फरार बिकको खोजी गरिरहेको जनाएको छ ।

Before Samachar
थप समाचार

कमेन्ट गर्नुहोस

Your email address will not be published.