Open Khabar
Before Header

बलात्कारको आरोपमा एक जना पक्राउ

काठमाडौं– काठमाडौंको कागेश्वरी मनहरा नगरपालिका–७ काँडाघारीमा १५ वर्षीया किशोरीको बलात्कार गरेको आरोपमा एक जना पक्राउ परेका छन्। सिन्धुलीको भिमान स्थायी घर भइ हाल काँडाघारी बस्ने ३१ वर्षीय डेविट भनिने सुशील खड्कालाई प्रहरीले बिहिबार बिहान पक्राउ गरेको हो।

महानगरीय प्रहरी परिसर काठमाडौंका प्रवक्ता एसपी सोमेन्द्र राठौरको अनुसार म्युजिक भिडियोमा खेलाउने प्रलोभन देखाई किशोरीलाई गत मंगलबार खड्काले वीरेन्द्रचोकस्थित भेटघाट रेष्टुरेन्टमा बोलाएका थिए। त्यसपछि उनले वियर खुवाएर लठ्याएर बलत्कार गरेको खुलेको छ। थप अनुसन्धान कार्य भइरहेको उनले बताए।

Before Header
Bleow Covid
Before Samachar
थप समाचार

कमेन्ट गर्नुहोस

Your email address will not be published.