Open Khabar
Before Header

सीतापाइलामा भएको एसिड प्रहारकाे घटनाबारे अभियुक्तकाे यस्ताे बयान

काठमाडौं– बिहिबार काठमाडौंको सीतापाइलामा युवतीमाथी एसिड प्रहार भएको घटनामा संग्लन दुई जनालाई प्रहरीले पक्राउ गरेको छ। पक्राउ पर्नेमा रौटहट लक्ष्मीपुर घर भइ काठमाडौं स्थित डल्लु बस्दै आएका मोहम्मद आलाम र भारतीय नागरिक मुन्ना मोहम्मद रहेका छन्।

मुन्ना मोहम्मदले साहुको निर्देशनमा युवतीमाथि एसिड प्रहार गरेको बयान दिएका छन्। उनले रक्सी भनेर एसिड प्रहार गरेको बयानमा बताएका छन्।

बिहीबार साँझ करिब ७ः४५ बजे नागर्जुन नगरपालिका–४ सृजनशील टोलमा ओखलढुङ्गाकी २२ वर्षिया पवित्रा कार्कीमाथि एसिड प्रहार भएको थियो।

महानगरीय प्रहरी कार्यालय रानीपोखरी र अपराध महाशाखाको टोलीले सिसिटीभी फुटेजको आधारमा पहिचान गर्दै उनीहरूलाई पक्राउ गरेका हो।

अपराध महाशाखाका एसएसपी दीपक थापाका अनुसार पवित्राले अर्कै केटा मनपराएको कारण शौचालय सफा गर्न प्रयोग गरिने एसिड प्रहार गरेका थिए।

थप समाचार

कमेन्ट गर्नुहोस

Your email address will not be published.