Open Khabar
inside Article Bleow Menu Single Page

२ सय ४ किलो गाँजासहित एक जना पक्राउ

धनुषा- २ सय ४ किलो गाँजासहित प्रहरीले जनकपुरधाम उपमहानगरपालिकाबाट एक जनालाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा जनकपुर उपमहानगरपालिका–२१ स्थित कुर्था बस्ने ३५ वर्षीय सन्तोष महासेठ छन् ।

Before Header

जिल्ला प्रहरी कार्यालय धनुषाका डीएसपी मकेन्द्रकुमार मिश्रका अनुसार महासेठले घरमा लुकाएर राखेको अवस्थामा गाँजा बरामद गरिएको हो ।

पक्राउ परेका महासेठ यसअघि पनि पटक पटक लागुऔष मुद्दामा जेल परेका व्यक्ति हुन् । महासेठमाथि थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

Before Samachar
थप समाचार

कमेन्ट गर्नुहोस

Your email address will not be published.